२१ आश्विन २०८१, सोमबार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज चार करोड ७९ लाख सहयोग प्राप्त सुक्खा पहिरोले जयपृथ्वी राजमार्ग अवरूद्ध मेलम्चीको पानी भोलिदेखि नै काठमाडौंमा पथान्तरण गर्ने सहमति विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही गर्न पत्राचार निम्न वर्गका जनताले पनि जलविद्युतमा १० प्रतिशत शेयर लगानी गर्ने वातावरण बनाउँछौंः मन्त्री खड्का नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने झगडापछि एक युवकको मृत्यु राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६
तपाईं के खोज्दै हुनुहुन्छ ?

जबज छाड्दै नेकपा (एस), माओवादी केन्द्र पनि नयाँ विचारको खोजीमा



अ+ अ-

काठमाडौं । पार्टी विभाजन अघिसम्म कहिले एमालेमा, कहिले माधव कुमार नेपालतर्फ रहँदै आउनु भएका एमालेका नेता बामदेव गौतम यतिबेला अलमलमा हुनुहुन्छ ।  नेकपा (एकीकृत समाजवादी)को सैद्धान्तिक अवधारणापत्र र राजनीतिक कार्यदिशाका बारेमा समीक्षा गरिरहनु भएका नेता गौतमले कुनै पनि दस्तावेजमा जनताको बहुदलीय जनवाद (जबज) देख्नु भएन । 

गत आइतबार बिहान नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाललाई फोन गर्दै गौतमले सोध्नु भयो, “पार्टीको कुनै पनि दस्तावेजमा जबज छैन, प्रिन्ट गर्न छुटेको हो कि नियतबस नराखिएको हो ?”  

अध्यक्ष नेपालले गौतमलाई जवाफ फर्काउनुभयो, “एमाले छाडेसँगै जबजको औचित्य अब सकियो, अबको बाटो भनेको वैज्ञानिक समाजवाद हो, छाप्न छुटेको होइन ।” 

नेपालको त्यो जवाफ पछि गौतम पुरै अलमलमा पर्नुभयो । पार्टी विभाजन अघिसम्म एमालेका बैठकहरुमा सहभागी हुँदै आउनु भएका नेता गौतम नेपालको त्यो जबाफ पछि कता जाने दोधारमा पुग्नु भएको उहाँ निकटस्थहरुले बताएका छन् ।

केही दिनअघि एक टेलिभिजन कार्यक्रममा उहाँले आफू एमालेमा बस्न नसक्ने र समाजवादी केन्द्रमा प्रवेश गर्ने सार्वजनिक घोषणा गर्नु भएको थियो । गौतमलाई एमालेमै रहन पनि पटक पटक विद्रोहको आगोमा घिऊ थपेका कारण त्यति सहज भने छैन । समाजवादी पार्टीमा प्रवेश गर्न जबज छाडेपछि मन अमिलो भएको छ । नेपालको जवाफ सुनेपछि गौतमले भन्नुभयो, “पार्टी विभाजन भए तपाईंलाई साथ दिन्छु भनेको थिएँ, जबज नै छाड्ने भए म साथ दिन सक्दिनँ ।” बेलाबेला कुरा फेरिरहने गौतमको यो भनाई कति दिन टिक्छ यसै भन्न सकिन्न । 

गौतम जस्तै अर्का नेता प्रदीप नेपालले पनि जबज छाडेको भन्दै नेता नेपालको साथ छाड्नु भयो । नयाँ दल दर्ताका लागि निर्वाचन आयोगसम्म पुग्नु भएका प्रदीप नेपालले नयाँ दलले जबज छाडेको जानकारी पाएपछि सामाजिक सञ्जालमा लेख्नुभयो, “माधव कमरेड, म केपीसँग जान्न । किनभने तानाशाही प्रवृत्तिको म सधैं विरोधी हुँ । तपाईंले पनि झेली कुरा गर्न सिक्नु भएछ । बारम्बारको कुराकानीमा मैले जबज हुँदैन भने मेरो नाम नलेख्नुस् भनेको थिएँ । तर आखिरमा तपाईंबाट पनि मैले धोकाकै उपहार लिएर जानु पर्ने भो । बिदा”

दुई नेताको प्रतिक्रिया पछि नेकपा एस कि नेतृ रामकुमारी झाक्रिले एक अन्तरवार्ताका क्रममा भन्नुभयो "बामदेब गौतम , प्रदीप नेपालको अनुहार हेरेर होईन नयाँ पुस्ताको बिचार लिएर अघि बढ्नु पर्छ I"

 प्रदीप नेपाल र बामदेव गौतम दुबै एमालेमा पनि नफर्किने र समाजवादीमा पनि नजाने अवस्थामा पुग्नु भएको छ । २०४९ साल माघमा भएको एमालेको पाँचौं महाधिवेशनले तत्कालीन महासचिव  मदन भण्डारीको जबजको दस्तावेज पारित गरेको थियो । त्यसपछि एमालेले पार्टीको प्रमुख गन्तव्य जबजलाई बनाउँदै आएको छ । 

जुन बिषयसँग एमालेका धेरै कार्यकर्ताको भावनात्मक सम्बन्ध रहेको छ, सोही महाधिवेशनमा फरक मत पेश गर्नु भएका नेता झलनाथ खनालको प्रस्ताव अस्वीकृत भएपछि महाधिवेशन पछि एमालेभित्र सैद्धान्तिक विषयमा “दुई लाइन सङ्घर्ष” खासै देखिएको थिएन । तर एमाले विभाजनसँगै जबज प्रति नेकपा (एकीकृत समाजवादी) का ठूला नेताको अनिच्छा भएपनि कार्यकर्ताको तहमा भने अन्यौल कायमै छ ।  

पार्टीका एक जिल्ला तहका नेताको भनाईमा मुख्य नेताहरुको शक्ति टकरावले पार्टी त विभाजन भयो तर सिद्धान्त नै परिवर्तन होला जस्तो लागेको थिएन, यो निर्णयले फेरि एक पटक सोच्न बाध्य बनायो । अब कुन नेतालाई किन साथ दिने भन्ने प्रश्न निरुपण गर्नुपर्ने बेला आएको उनको भनाई छ । 

विभाजनको वातावरण बनाउन भदौ ८ गते चन्द्रागिरि रिसोर्टमा बसेको पार्टीको बैठकमा उपचारका लागि नयाँदिल्लीमा रहनु भएका वरिष्ठ नेता झलनाथ खनालले भर्चुअल सम्बोधन गर्दै भन्नुभयो, “कमरेडहरु, अब जबजको युग सिद्धियो, त्यसलाई कसैले अनुसरण गर्न सक्दैन, अब हाम्रो प्रष्ट कार्यक्रम समाजवादमा रुपान्तरणको कार्यक्रम हो । हामीले युग अनुसारको बोली बोल्नुपर्छ । युग अनुसारको कार्यक्रम बनाउनुपर्छ ।” 

नेता नेपाल निकट एक नेताका अनुसार यो विषय बढो सुविचारित ढङ्गबाट अगाडि आएको छ । ती नेताले भने, एमाले र माओवादी एकता भएर बनेको नेकपामा पनि जबज प्राथमिकतामा थिएन । 

तत्कालीन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको विरोध भएपनि एमालेका नेताहरुले विरोध गर्न नैतिक रुपमा कठिन थियो, अब एमाले नै छाडेपछि उसको सिद्धान्त किन बोक्नु पर्यो र ?, ती नेताले भने ।  नेपाल र दाहालले चाहे जस्तो बाटोमा नेपालको राजनीति अघि बढ्यो भने सायद समाजवादीले जबज छाडेजस्तै माओवादी केन्द्रले पनि माओवाद छोड्न र सके पार्टी एकता नभए कार्यगत एकता गरेर अघि बढ्छ, त्यसबेला फेरि जबजको  ध्रुवीकरण   भएर एमालेमा फर्कनेको संख्या बढ्न सक्छ ।