२१ आश्विन २०८१, सोमबार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज चार करोड ७९ लाख सहयोग प्राप्त सुक्खा पहिरोले जयपृथ्वी राजमार्ग अवरूद्ध मेलम्चीको पानी भोलिदेखि नै काठमाडौंमा पथान्तरण गर्ने सहमति विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही गर्न पत्राचार निम्न वर्गका जनताले पनि जलविद्युतमा १० प्रतिशत शेयर लगानी गर्ने वातावरण बनाउँछौंः मन्त्री खड्का नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने झगडापछि एक युवकको मृत्यु राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६
तपाईं के खोज्दै हुनुहुन्छ ?

केन्द्रीय प्रहरी विशेष कार्यदल कपन परिसरभित्र वृक्षरोपण सम्पन्न



अ+ अ-

काठमाडौं । राष्ट्र सेवक कर्मचारी वृक्षरोपण अभियान अन्तर्गत केन्द्रीय प्रहरी विशेष कार्यदल कपन परिसरभित्र वृक्षरोपण कार्यक्रम बुधबार सम्पन्न भएको छ ।

उक्त अभियान शुभारम्भको अवसरमा गरिएको उक्त कार्यक्रममा प्रहरी प्रधान कार्यालय मानव श्रोत एवं प्रशासन विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक निरज बहादुर शाही, प्रहरी नायव महानिरीक्षक प्रकाश अधिकारी र उक्त कार्यदलका प्रमुख प्रहरी उपरीक्षक बेद विष्ट लगायतका प्रहरी कर्मचारीहरूले २ सय ५० वटा विरुवाको वृक्षरोपण गर्नुभएको हो ।

वृक्षारोपण गरिएकामध्ये धुपी ६० वटा, चाप ३५ वटा, ज्याकाराण्डा ३५ वटा, कपुर ४५ वटा, बर्रो १५ वटा, कल्की फूल ३५ वटा, पारीजात ५ वटा, ईपिलिप्सि १० वटा र अमला १० वटा रहेका छन् ।