२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिरासहित बिजुलीको पोल ढल्दा बेँसीशहर चामे सडक अवरुद्ध



file
अ+ अ-

लमजुङ । बाढी र पहिराका कारण बिजुलीको पोल ढल्दा लमजुङ मनाङ जोड्ने बेँसीसहर चामे सडक अवरुद्ध भएको छ ।

उक्त सडकअन्तर्गत मस्र्याङ्दी गाउँपालिका–४ रामबजारमा आज बिहान सवा ११ बजेदेखि सडक अवरुद्ध भएको डुम्रे बेँसीशहर चामे योजना कार्यालयका सूचना अधिकारी एवं इञ्जिनीयर पुरुषोत्तम अधिकारीले बताउनुभयो । सडकभन्दा माथिबाट पहिरो खसेको र पहिरोले सडकमा रहेको बिजुलीको पोल ढालेकाले सडक अवरुद्ध भएपछि कुनै पनि सवारी साधन सञ्चालन हुन नसक्दा यात्रु अलपत्र परेका छन् ।

उक्त कार्यालयका सूचना अधिकारी धिकारीले भन्नुभयो, “पहिरो पनि आएको छ, बिजुलीको पोल हटाउन प्राधिकरणलाई भनेका छौँ । पोल हटाएपछि ढुङ्गामाटा हटाएर सडक सञ्चालन गरिने छ । पैँसठ्ठी किलोमिटर उक्त सडक अवरुद्ध हुँदा विषेश गरी मनाङवासीलाई बढी असर परेको छ ।”यता गएरातिदेखि अवरुद्ध डुम्रे बेँसीशहर सडक सञ्चालनमा आएको छ । उक्त सडकअन्तर्गत बेँसीशहर नगरपालिका–१ देउरालीडाँडामा पहिरासँगै सडकमा खसेको लेदो हटाएर बिहान ९ बजेतिर सडक सञ्चालनमा ल्याइएको उक्त कार्यालयले जनाएको छ ।

बयालीस ४२ किलोमिटर लामो उक्त सडक हुँदै काठमाडौँ, पोखरा, चितवनलगायत सहरमा आवत जातावत हुँदै आएको छ ।