काठमाडौं । मोडल तथा कलाकार निशा घिमिरेको निधन भएको छ।
नर्भिक अस्पतालमा उपचाररत् उनको उपचारका क्रममा बुधबार साँझ ६ः५१ बजे मृत्यु भएको नर्भिक अस्पतालका प्रवक्ता सोमनाथ बाँस्तोलाले बताए ।
घिमिरे लामो समयदेखि नर्भिक अस्पतालमा उपचाररत् थिइन्।
पछिल्लो समय उनको मुटु र मिर्गौलाले काम गर्न छोडेको बताइएको छ ।