१२ श्रावण २०८३, मंगलवार
,
Latest
सुनसरीमा हट्यो कर्फ्यु विद्यालयको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन पुरन्धरा झरनाः जङ्गलको काखमा झरेको सुन्दरता, पर्यटकको बढ्दो आकर्षण लमजुङ र मनाङका जनप्रतिनिधिबाट डुम्रे–बेसीशहर–चामे सडकको संयुक्त अनुगमन झापामा घरेलु तथा साना उद्योगबाट दुई करोड ४१ लाख राजस्व संकलन काँकरभिट्टाबाट गत आवमा साढे नौ हजार विदेशी पर्यटक भित्रिए दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने अवैध काठ र ढुङ्गा ओसार्ने ट्याक्टर प्रहरी नियन्त्रणमा असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना
तपाईं के खोज्दै हुनुहुन्छ ?

राअविले कार्यक्षेत्र र जिम्मेवारीको पाटो छुट्ट्याई कार्यरत जनशक्तिको गोपनीयता कायम गर्न सांसदको सुझाव



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा नेपाल विशेष सेवाको गठन र सञ्चालनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक माथिको सैद्धान्तिक छलफल शुरु भएको छ । सो छलफलमा भाग लिँदै विधायकहरुले राष्ट्रिय अनुसन्धान विभागको कार्यक्षेत्र र जिम्मेवारीको पाटोलाई ख्याल गरी त्यहाँ कार्यरत जनशक्तिले गोपनीयता कायम गर्नुपर्ने पक्षमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औल्याउनुभयो । विभागलाई प्रभावकारी तुल्याउन गृह मन्त्रालय मातहत राख्न विधायकहरुले सो अवसरमा सुझाव दिनुभएको छ ।

समिति सदस्य गगनकुमार थापाले विभिन्न सुरक्षा निकायमध्ये राष्ट्रिय अनुसन्धान विभाग मात्रै गृहबाट झिकेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् मातहत राख्ने कुराको औचित्य पुष्टि हुन नसक्ने धारणा राख्नुभयो । सदस्य वृजेशकुमार गुप्ताले भन्नुभयो,“गोप्यरुपमा सूचना सङ्कलन गर्नुपर्ने निकायमा कार्यरत जनशक्तिले नै आफ्नो विज्ञापन गर्दै हिँड्ने प्रवृत्तिले कसरी गुप्तचरी कायम होला !’ अर्का सदस्य शक्तिबहादुर बस्नेतले हाम्रो परम्परा र अभ्यास अनुरुप विभागको कार्यप्रणालीलाई चुस्त र अनुमान योग्य बनाउन प्रधानमन्त्री कार्यालय मातहत नभइ गृहमन्त्रालय अन्तर्गत नै राख्न आवश्यक रहेको सुझाव दिनुभयो । सदस्य लालबाबु पण्डितले राज्यका महत्वपूर्ण सुरक्षा जिम्मेवारीमा रहेको विभागमा कसैको आदेश र निर्देशनमा कर्मचारी भर्ना गर्ने गलत प्रवृत्तिलाई रोकी विज्ञताका आधारमा नियुक्ति र जिम्मेवारी दिनुपर्छ भन्नुभयो ।

मुलुकको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय सुरक्षा, राष्ट्रियहित र राष्ट्रिय स्वाधीनताको संरक्षण एवं सम्वद्र्धन तथा शान्ति सुव्यवस्था कायम गर्ने कार्यमा सघाउ पु¥याइ सर्वसाधारणको हित कायम गर्ने सन्दर्भमा विभागले सूचना सङ्कलन, विश्लेषण गरी सरकारलाई राय सुझाव दिँदैआएको छ । केहीवर्ष अघि सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषदमातहत राख्ने निर्णय गरेसँगै उक्त निर्णयप्रति विभिन्न कोणबाट टिक्काटिप्पणी हँुदैआएको थियो । विधेयकमाथिका संशोधनकर्ताले विभागलाई सूचना सङ्कलन गर्ने मात्र जिम्मेवारीमा नराखी अपराध अनुसन्धनको पाटोमासमेत काम गर्ने गरी कार्यक्षेत्र विस्तार गर्न आवश्यक रहेको सुझाव दिनुभयो ।

विधेयकमा सूचना सङ्कलन तथा प्रतिगुप्तचरी क्रियाकलापका सिलसिलामा विभागले संदिग्ध वा निगरानीमा रहेका व्यक्ति, सङ्घ संस्थाबाट सार्वजनिक सञ्चार माध्यम वा अन्य माध्यमबाट भएका कुराकानी, श्रव्य, दृश्य वा विद्युतीय सङ्केत वा विवरणलाई निगरानी, अनुगमन तथा अभिलेख गर्न सक्नेसम्बन्धी विशेष व्यवस्था प्रस्ताव गरिएको छ ।