६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षक नियुक्ती कहिले ?

राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षक नियुक्ती कहिले ?
अ+ अ-

दोस्रो पटक कार्यकाल सम्हाल्न आएका प्रशिक्षक पुबुदु दाशानायकेले राजीनामा दिएपछि अहिले नेपाली क्रिकेट टोली प्रशिक्षकबिहीन छ । नेपाल क्रिकेट संघ (क्यानं) प्रशिक्षकको खोजीमा छ । तत्कालका लागि कुनैपनि प्रतियोगिता नभएको अवस्थामा टोलीको अभ्यास अन्योल नै छ । खेलसँगै प्रशिक्षकको प्रशिक्षण अवधिमा पनि अस्थिरता देखिन थालेको छ । प्रशिक्षक खोज्न ढिलो भएको भन्दै आलोचना पनि शुरु भइरहेको अवस्थामा क्यानले नियुक्तिका लागि प्रारम्भिक कार्य थालेको बताएको छ ।

राष्ट्रिय क्रिकेट टोलीमा गुट, उपगुट र विवाद भएको अवस्थामा दोस्रो पटक नेपाली टोली सम्हाल्न आएका प्रशिक्षक पुबुदुले ७ महिनापछि राजीनामा दिए । उनको राजीनामासँगै अहिले नेपाली राष्ट्रिय क्रिकेट टोली प्रशिक्षक बिहीन छ । नेपाली टोलीको अस्थिर प्रदर्शनसँगै प्रशिक्षको कार्यकाल पनि अस्थीर हुन थालेको हो । पहिलो कार्यकालमा नेपाली क्रिकेटलाई सफलताको उचाईको पु¥याएका प्रशिक्षक पुबुदुबाट सोही अपेक्षाका साथ दोस्रो पटक नेपाल क्रिकेट संघ (क्यान) ले नियुक्त गरेको थियो । तर पुबुदुमाथिको भरोसा उनको राजीनामासँगै सकियो । टोलीबाट स्थीर प्रदर्शनको अपेक्षा राखिए पनि त्यो हुन सकेन । टोलीको प्रदर्शन ठीक उल्टो हुँदै गयो । विश्व क्रिकेट लिग–२ को भ्रमणमा नेपाली टोलीले उपलब्धी निकाल्न सकेन । अपेक्षा गरिएका खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् र स्वदेश फर्किएपछि पुबुदुले राजीनामाको घोषणा गरे । राजीनामा दिन आयोजित कार्यक्रममा पुबुदुले टोलीमा गुट/उपगुट भएको संकेत छोडेका छन् ।

पुबुदुको बहिर्गमनसँगै क्यान अहिले नयाँ प्रशिक्षकको खोजीमा रहेको क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्ले बताउनु भयो । क्यानले विदेशी प्रशिक्षकहरुसँग सम्पर्क गरिरहेको र राम्रो प्रशिक्षक छिट्टै नियुक्त गर्ने मल्लले जानकारी दिनुभयो । प्रशिक्षक नियुक्तीका लागि आन्तरिक प्रक्रियाबाट अगाडि बढेको र कठिन अवस्थामा रहेको नेपाली क्रिकेट सम्हाल्न सक्ने प्रशिक्षकको खोजीमा रहेको मल्लले बताउनु भयो । क्यानको सम्पर्कमा विश्वका नाम चलेका प्रशिक्षक पनि रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आन्तरिक प्रक्रियाबाट पनि प्रशिक्षक नियुक्त गर्न सकिन्छ । सूचना ननिकालि पनि प्रशिक्षका ल्याउन सकिन्छ । हामीले खोज्ने भनेको बेस्ट कोच हो । जसले नेपाली क्रिकेटलाई राम्रोसँग ह्यान्डल गर्न सकोस् । टोलीमा प्रदर्शनको आधारमा केही कठिनाइ पनि छन्, त्यसलाई समाधान गर्ने प्रशिक्षकको खोजिमा छौं । अहिले हामीसँग विश्वका नाम चलेको प्रशिक्षक पनि छन् । हामीलाई काम गर्नसक्ने, टोलीलाई अगाडि बढाउन सक्ने, टोलीलाई लामो समय दिनसक्ने प्रशिक्षक खाँचो छ । छिट्टै नयाँ प्रशिक्षक नेपाली क्रिकेटले पाउँदैछ । शुभसमाचार नेपाल क्रिकेटले छिट्टै पाउँछ ।’

क्रिकेट एउटा समूहको खेल होे । टोलीका हरेक खेलाडीको भूमिका खेलमा उत्तिकै महत्व हुन्छ । प्रशिक्षक एउटा पात्र हुन् जसले टोलीलाई एक बनाउन र योजनासहित अगाडि बढाउन भुमिका खेल्नुपर्ने हुन्छ । यही अपेक्षा पुबुदुबाट गरिएपनि हुन सकेन । जसका कारण अहिले टोली प्रशिक्षक बिहीन छ । अहिलेको अवस्थामा नेपाली टोलीले पाएको एक दिवसीय मान्यता धरापमा पर्न थालेको छ । खेलाडीको प्रदर्शनको पारो उकालो लाग्नुभन्दा पनि ओरालो लाग्नु एउटा कारण गणना हुन थालेको छ । कुनै समय साख बटुलेको नेपाली क्रिकेटलाई अहिले जोगाउन मुस्किल देखिन थालेको छ । यी सबै समस्या समाधान गर्न नयाँ र विगतका भन्दा माथिल्लो स्तरका प्रशिक्षकबाट सम्भव हुने देखिएको छ ।

नेपाली क्रिकेटलाई उकास्नका लागि नेपाली संस्कृति र नेपाली खेलाडीको मनोभावना बुझ्नसक्ने प्रशिक्षक आवश्यक भएको पूर्व क्रिकेटर पवन अग्रवाल बताउनुहुन्छ । उहाँले खेलाडी र प्रशिक्षकबीच भाषा मिल्ने प्रशिक्षक आवश्यक रहेको बताउँदै भारत, श्रीलंका,पाकिस्तानका लेभल थ्री कोर्ष गरेका प्रशिक्षक हुँदा नेपाली टोलीलाई सहज हुने बताउनु भयो । अहिले नेपाली क्रिकेटमा भाषा र संस्कृति नबुझ्ने समस्याका कारण पनि कतिपय खेलाडीहरुलाई प्रशिक्षणमा कठिन भएको उहाँको भनाइ छ । उहाँले पूर्व प्रशिक्षक दाशानायकेले आफ्नो दोस्रो कार्यकालमा अपेक्षा अनुसारको नतिजा दिलाउन नसकेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘पुबुदुको दोस्रो कार्यकाल सम्हाले पनि अपेक्षा अनुसारको नतिजा दिलाउन सक्नुभएन । उहाँको राजीनामापछि हामीले चाहिने प्रशिक्षक भनेको नेपाली संस्कृति र नेपाली खेलाडीको मनोभावना बुझ्ने प्रशिक्षक आवश्यक छ । खेलाडी र प्रशिक्षकबीच भाषा मिल्ने प्रशिक्षक आवश्यक छ । भारत, श्रीलंका,पाकिस्तानका लेभल थ्री कोर्ष गरेका प्रशिक्षक हुँदा नेपाली टोलीलाई सहज हुन्छ । यी देशबाट प्रशिक्षक ल्याउँदा हामीलाई फाइदा हुन्छ । किनभने उहाँहरुले नेपाली संस्कृति बुझ्नुहुन्छ, खेलाडीसँगको संवाद केही हदसम्म सहज हुन्छ ।’

                                                                                        प्रशिक्षक पुबुदु

विशेष गरी नेपाली क्रिकेटको ब्याटिङ पक्ष सधैँ आलोचना हुँदै आएको छ । केही पछिल्ला खेलमा पनि नेपालले ब्याटिङमा राम्रो प्रदर्शन गर्न नसक्दा मुखैमा आएका नतिजा सुम्पिनुपरेको छ । र अहिलेको नेपाली टोलीमा सबैभन्दा सुधारको पाटो ब्याटिङ नै हो । सँगै पुबुदुले सांकेतिक रुपमा टोलीभित्र देखाएको गुट/उपगुट अर्को समस्या नतिजा धकेल्ने कारक बन्न थालेको छ । यी समस्या समाधान नगरे नेपाली क्रिकेटको साख धरासायी हुने निश्चित छ ।