१७ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद बैठक बस्दै , एमसीसी बारे छलफल हुने



अ+ अ-

काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) माथी  छलफल हुने भएको छ।अर्थमन्त्री जनार्दन शर्माले अमेरिकी सहयोग परियोजना एमसीसीमाथि छलफल गर्न प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ ।तर अर्थमन्त्री शर्मा प्रस्ताब टेबल गनर्ने दिन कुनै न कुनै बहानमा अनुपस्थित हुदै आउनु भएको छ ।

गत आईतबार प्रस्ताब पेश गर्ने समयमा उहाँ "प्राबिधिक रुपमा बिरामी" पर्नु भएको थियो भने बिहिबार छलफलका लागि टेबल गर्ने पूर्बनिर्धारित कार्यसूचि भएपनि त्यसलाई छल्न पर्वत पुग्नु भएको थियो । प्राबिधिक रुपमा हाल सम्म कायम रहेको सत्ता गठबन्धन बाट एमसीसी पास गर्न सहयोग र समर्थन नपाउने भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी एमाले संग सहकार्यको प्रस्ताब गर्नुभएको छ ।  

नेपाली काग्रेस र एमालेका शीर्षतह बीच निरन्तर सम्वाद भै रहेको छ  । उता सत्तारुढदलहरुले भने भातृ संगठनलाई सडकमा उतारेर प्रदर्शन गरिरहेका छन् ।