• १९ जेष्ठ २०८१, शनिबार
  •      Sat Jun 1 2024
  •   Unicode
Logo
Latest
★   तथ्यपूर्ण सूचना सम्प्रेषणबाट विश्वसनीयता कायम हुन्छ – पूर्वराष्ट्रपति भण्डारी ★   स्वास्थ्य मन्त्रालयद्वारा तीन सदस्यीय उच्चस्तरीय समिति गठन ★   वन्यजन्तु बेचबिखनविरुद्धको अन्तर्राष्ट्रिय गोष्ठी सम्पन्न ★   सामाजिक सुरक्षा ऐन कार्यान्वयनमा सरकार उदासिन हुनु नहुनेमा सांसदहरुको जोड ★   मानिसदेखि जनावरसम्म सबैका पाँचवटा औंला किन हुन्छन् ? ★   भारतमा आज लोकसभा निर्वाचनको अन्तिम चरणको मतदान ★   विश्वमा सबैभन्दा धेरै चिया कहाँ पिउँछन् ? ★   सगरमाथा दिवसः बङ्गलादेशमा तस्बिर प्रदर्शनी ★   ‘महिनावारीको समयमा पुरुषको साथ आवश्यक’ ★   टी–२० विश्वकप कहिले सुरु भयो ?

विकास र समृद्धिको आकांक्षालाई पूरा गर्ने गरी काम गर्न प्रधानमन्त्रीको निर्देशन



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको सर्वोपरी हितलाई ध्यानमा राखेर जनताको विकास र समृद्धिको आकांक्षालाई पूरा गर्नका लागि समर्पित भएर लाग्न मन्त्रीलाई निर्देशन दिनु भएको छ ।

मंगलबार अपरान्ह प्रधानमन्त्री देउवाले प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा आयोजित मन्त्री तथा सचिवहरुको बैठकलाई सम्बोधन गर्दै यस्तो निर्देशन दिनु भएको हो । त्यस अवसरमा उहाँले अव मुलुक चाँडै प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको चरणमा प्रवेश गर्ने उल्लेख गर्दै त्यसलाई समेत ध्यानमा राखेर काम गर्न सबै मन्त्रीहरुलाई सचेत समेत गराउनु भयो ।

सम्माननीय प्रधानमन्त्रीज्यूले नेपाली जनताको विकास र समृद्धिको आकांक्षालाई सम्बोधन हुनेगरी राष्ट्रको हितलाई सर्वोपरी राखेर काम गर्न बैठकमा निर्देशन दिनु भएको नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनु भयो । प्रधानमन्त्री देउवाको भनाई उधृत गर्दै उहाँले भन्नु भयो, ‘आज मुख्यतयाः सबै मन्त्रीजीहरुले आ–आफ्नो मन्त्रालय र मुलुकको वर्तमान अवस्थाको बारेमा संक्षेपमा धारणाहरु राख्नु भयो । र, मुलुकको अर्थतन्त्रको बारेमा अर्थमन्त्रीजीले केही धारणाहरु राख्नु भएको छ । र, सम्माननीय प्रधानमन्त्रीजीले मुलुकको हितलाई सर्वोपरी ध्यानमा राखेर जनताको विकास र समृद्धिको आकांक्षालाई पूरा गर्नका निमित्त तपाईहरु समर्पणका साथ अगाडि बढनुहोस् । अव हामी चाँडै नै चुनावको चरणमा प्रवेश गर्दैछौं । त्यो कुरालाई पनि ध्यानमा राखेर तपाईहरु अगाडि बढनुहोस् भनेर निर्देशन दिनु भएको छ ।’

बैठकमा अर्थमन्त्री जनार्दन शर्माले मुलुकको आर्थिक अवस्थाको बारेमा प्रधानमन्त्री देउवालाई ब्रिफिङ गर्नु भएको थियो भने अन्य मन्त्रीहरुले आ–आफ्नो मन्त्रालयको काम कारबाहीका बारेमा जानकारी गराउनु भएको थियो ।