२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

विकास र समृद्धिको आकांक्षालाई पूरा गर्ने गरी काम गर्न प्रधानमन्त्रीको निर्देशन



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको सर्वोपरी हितलाई ध्यानमा राखेर जनताको विकास र समृद्धिको आकांक्षालाई पूरा गर्नका लागि समर्पित भएर लाग्न मन्त्रीलाई निर्देशन दिनु भएको छ ।

मंगलबार अपरान्ह प्रधानमन्त्री देउवाले प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा आयोजित मन्त्री तथा सचिवहरुको बैठकलाई सम्बोधन गर्दै यस्तो निर्देशन दिनु भएको हो । त्यस अवसरमा उहाँले अव मुलुक चाँडै प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको चरणमा प्रवेश गर्ने उल्लेख गर्दै त्यसलाई समेत ध्यानमा राखेर काम गर्न सबै मन्त्रीहरुलाई सचेत समेत गराउनु भयो ।

सम्माननीय प्रधानमन्त्रीज्यूले नेपाली जनताको विकास र समृद्धिको आकांक्षालाई सम्बोधन हुनेगरी राष्ट्रको हितलाई सर्वोपरी राखेर काम गर्न बैठकमा निर्देशन दिनु भएको नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनु भयो । प्रधानमन्त्री देउवाको भनाई उधृत गर्दै उहाँले भन्नु भयो, ‘आज मुख्यतयाः सबै मन्त्रीजीहरुले आ–आफ्नो मन्त्रालय र मुलुकको वर्तमान अवस्थाको बारेमा संक्षेपमा धारणाहरु राख्नु भयो । र, मुलुकको अर्थतन्त्रको बारेमा अर्थमन्त्रीजीले केही धारणाहरु राख्नु भएको छ । र, सम्माननीय प्रधानमन्त्रीजीले मुलुकको हितलाई सर्वोपरी ध्यानमा राखेर जनताको विकास र समृद्धिको आकांक्षालाई पूरा गर्नका निमित्त तपाईहरु समर्पणका साथ अगाडि बढनुहोस् । अव हामी चाँडै नै चुनावको चरणमा प्रवेश गर्दैछौं । त्यो कुरालाई पनि ध्यानमा राखेर तपाईहरु अगाडि बढनुहोस् भनेर निर्देशन दिनु भएको छ ।’

बैठकमा अर्थमन्त्री जनार्दन शर्माले मुलुकको आर्थिक अवस्थाको बारेमा प्रधानमन्त्री देउवालाई ब्रिफिङ गर्नु भएको थियो भने अन्य मन्त्रीहरुले आ–आफ्नो मन्त्रालयको काम कारबाहीका बारेमा जानकारी गराउनु भएको थियो ।