१७ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेस, माओवादीलाई एमालेका तीन सर्त, कसले गर्ला पूरा ?



अ+ अ-

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का कारण पाँच दलीय गठबन्धन यतिबेला अप्ठारो अबस्थावाट गुज्रिएको छ । पाँचदल मध्ये भने नेपका माओबादी केन्द्र, नेकप एकिमृत समाजबादी र जसपा उपेन्द्र यादब पक्षले प्रधानमन्त्री शेरबहादुर देउवाले अगाडी बढाउनु भएको एमसीसीको प्रस्ताबलाई समर्थन जनाउने वा सत्ता र गठबन्धनबाट बाहिरिने निर्णय कुनै पनि बेला गर्नुपर्ने अबस्था आईपुगेको छ । आठ महिना अघि बाट राजनीतिक को रिङ बाहिर रहेको प्रमुख प्रतिपक्षीदल नेकपा एमाले फेरी निर्णायकबिन्दुमा पुगेको छ । 

जसका लागि नेपाली कांग्रेस र नेकपा माओबादी केन्द्रले बिगतको तिक्तता छाड्दै सहयोगको लागि हात बढाईरहेका छन् । राजनीतिका चतुर खेलाडी  एमाले अध्यक्ष केपी ओलीले बर्तमान गठबन्धन टुटाउने राम्रो अस्त्र फेला पार्नुभएको छ । जसका कारण उहाँले निरन्तर सम्वादमा रहेको कांग्रेस र माआबादी केन्द्रलाई आफ्ना शर्तहरु सार्नुभएको छ । ओलीले नेपाली काग्रेस समक्ष तीन बुदे सर्त राख्नु भएको छ । जसमा सभामुख अग्नि सापकोटा  हटाउनुपर्ने, नेकपा एसका १४ जना सांसद निष्कासन गर्नुपर्ने र सदनमा भाग लिने अवस्था बनेपछि एमसीसीसहितका बिषयमा पोजिसनसहित प्रस्तुत हुने । 

यसमा काग्रेसका नेताहरु केही हद सम्म सकारात्मक बनेका छन् । उनीहरु आन्तरिक बिषयलाई मिलाउदै सहमतिमा एमसीसी पास गर्न प्रस्ताब गर्दै आएका छन् । उनीहरुले एमसीसी पास नगर्दा अन्तराष्ट्रिय रुपमा राम्रो सन्देश नजाने भएकाले यसमा एमालेले सहयोग गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

यसैगरी एमााले माओबादी केन्द्रसंग पनि तीन ओटा नै शर्त सारेको छ । जसमा नेकपा एसका १४ जना सासद निष्कासनको सूचना जारी गर्नुपर्ने, सभामुखले राजीनामा दिनुपर्ने, नेकपाकालमा अध्यक्ष ओलीविरुद्ध दाहालले लगाएको १९ पृष्ठ को आरोप फिर्ता लिनुपर्ने । 

यसमा पनि  माओवादी केन्द्रले पनि एमालेसंग अरु बिषयलाई थाती राखेर एमसीसीबारे साझा धारणा बनाएर जाउँ भन्दै प्रसताब राखेको छ । प्रमुख तीन दलको रस्साकस्सीमा नेकपा एकिकृत समाजबादी , जसपा उपेन्द्र यादब पक्ष  पुरै रिङ बाहिर परेको छ भने राष्ट्रिय जनमोर्चा त "प्राबिधिक" रुपमा मात्र गठबन्धनमा रहको छ उसको खासै कुनै भूमिका नै देखिएको छैन । 

आफुले अगाडी सारेको काम गर्न जुन सुकै जोखिम उठाउन तयार हुने स्वभावका प्रधानमन्त्री देउवाले कुनै पनि बेला एमालेको माग सम्बोधन गरेर अघि बढ्न सक्ने आकंलन पनि उत्तिकै छ । किनकी एमालेका माग  पूरा गर्दा राजनीतिक रुपमा कांग्रेसलाई खासै कुनै घाटा हुदैन । तर एमालेको माग बारे माओवादीकेन्द्रले केही पनि गर्न नसक्ने अबस्था रहेको छ । नेपालको राजनीतिमा प्राय अन्तिम अबस्थामा नै दलहरुबीच सहमति हुने परम्परा अनुुसार नै सभ्मवत: आईतबार सम्मका कुनै न कुनै रुपमा दलहरु बीच सहमति हुन सक्छ ।

उता  माओबादी केन्द र एकिकृत समाजबादी  पनि बिपक्षमा नै रहेर  एमसीसी पास गर्ने प्रयत्नमा छ । उ पनि सत्ता र गठबन्धन छाड्न मनै देखी तयार छैन । तर पछिल्ला दिनमा गठबन्धन भित्र भन्दा पनि प्रमुख प्रतिपक्षसंग एमालेको सामिप्यता ले त्यो सम्भावना न्युन भएको छ ।  जसका कारण गठबन्धनका नेताहरु एकले अर्कालाई दलालको रुपमा सार्बजनिक रुपमा नै आरोप प्रत्यारोपमा उत्रिसकेका छन भने एमालेसंग ठूला दल मिलेर राष्ट्रलाई निकास दिनुपर्ने कुरालाई सकारात्मक रुपमा बताउन थालेका छन् ।