१८ असार २०८३, बिहीबार
,
Latest
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो प्रजातन्त्रमा कस्तो चाहिन्छ नागरिक शिक्षा ? सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा फिफा विश्वकप : बेल्जियम अन्तिम १६ मा, सेनेगल बाहिरियो अमेरिकी स्वतन्त्रता दिवस ‘रिसेप्सन’ समारोहमा उपराष्ट्रपति यादव सहभागी ठेक्का सम्झौता भएको पाँच वर्षपछि सडक स्तरोन्नति सर्पगन्धाले बदलिँदै सामुदायिक वनको स्वरूप पोखरा महानगरको बजेट पारित ठमेलमा अश्लील क्रियाकलापमा सङ्लग्न पाँच विदेशी महिला पक्राउ सरकारका १०० दिनः अर्थतन्त्रमा ‘मिसन मोड’ को राजनीतिक परीक्षा
तपाईं के खोज्दै हुनुहुन्छ ?

महाधिवेशन कांग्रेसका लागि महायज्ञ हो, सफल बनाउनुपर्छ : वरिष्ठ नेता पौडेल



file
अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसलाई जनताको भरोसाको केन्द्र बनाउनुपर्नेमा जोड दिएका छन् । 

शुक्रबार बिहान नेता पौडेलले आफ्नो आधिकारि सामाजिक सञ्जालमा भिडियो सन्देशमार्फत काँग्रेसको चौधौं केन्द्रीय महाधिवेशनको सन्दर्भमा यस्तो धारणा राख्नुभएको हो ।

वडा अधिवेशनको अघिल्लो दिन भिडियो सन्देशमार्फत् वरिष्ठ नेता पौडेलले महाधिवेशन कांग्रेसका लागि महायज्ञ भएको उल्लेख गर्दै यसलाई सफल बनाउन आह्वान गरेका हुन् ।

काँग्रेसले आगामी मङ्सिर ९ देखि १३ गतेसम्ममा पार्टीको चौधौं केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने कार्यतालिकाअनुरुप वडा तहको अधिवेशन सुरु हुन लागेको हो । ढिलै भए पनि वडा तहको निर्वाचनको सुरुवात हुँदैछ, यो अवस्थामा देशको अहिलेको परिवर्तनको रक्षा गर्दै लोकतन्त्रलाई साकार पार्ने दिशामा काँग्रेस एउटा जनताको भरोसा बन्ने दिशामा काम गर्नुपर्छ, नेता पौडेलले बताउनुभएको छ ।

उनले कांग्रेस नेता कार्यकर्तालाई आफ्नो निजी स्वार्थलाई विर्षेर लोकतन्त्रको संस्थागत र कांग्रेसको सबल नेतृत्व ल्याउन ध्यान दिन अपील गरे । ‘सम्पूर्ण साथीहरुलाई म यो घडीमा अपील गर्न चाहन्छु कि हामीले आफ्ना सानातिना निजी कुरालाई विर्सेर हाम्रा अगाडि रहेका महान लक्ष्यलाई ध्यानमा राख्दै हामीले गर्दै आएको कठिन संघर्षलाई मूर्त रुप दिन, लोकतन्त्रलाई संस्थागत गर्ने कसरी यो देशको समृद्धि अगाडि बढाउन सकिन्छ, कांग्रेसले कसरी सवल नेतृत्व ल्याउने भन्नेमा चिन्तित हुन र गम्भीर हुन र त्यही अनुसार आफ्नो आत्माको पुकार सुनेर निर्णय गर्न आग्रह गर्दछु,’ पौडेलले भनेका छन् । 

काँग्रेसको चौधौं केन्द्रीय महाधिवेशनको सन्दर्भमा पार्टीले सबल नेतृत्व हासिल गर्ने विषयमा पनि चिन्तित हुनुपर्ने धारणा उहाँले राख्नुभएको छ ।