२१ आश्विन २०८१, सोमबार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज चार करोड ७९ लाख सहयोग प्राप्त सुक्खा पहिरोले जयपृथ्वी राजमार्ग अवरूद्ध मेलम्चीको पानी भोलिदेखि नै काठमाडौंमा पथान्तरण गर्ने सहमति विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही गर्न पत्राचार निम्न वर्गका जनताले पनि जलविद्युतमा १० प्रतिशत शेयर लगानी गर्ने वातावरण बनाउँछौंः मन्त्री खड्का नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने झगडापछि एक युवकको मृत्यु राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६
तपाईं के खोज्दै हुनुहुन्छ ?

महाधिवेशन कांग्रेसका लागि महायज्ञ हो, सफल बनाउनुपर्छ : वरिष्ठ नेता पौडेल



file
अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसलाई जनताको भरोसाको केन्द्र बनाउनुपर्नेमा जोड दिएका छन् । 

शुक्रबार बिहान नेता पौडेलले आफ्नो आधिकारि सामाजिक सञ्जालमा भिडियो सन्देशमार्फत काँग्रेसको चौधौं केन्द्रीय महाधिवेशनको सन्दर्भमा यस्तो धारणा राख्नुभएको हो ।

वडा अधिवेशनको अघिल्लो दिन भिडियो सन्देशमार्फत् वरिष्ठ नेता पौडेलले महाधिवेशन कांग्रेसका लागि महायज्ञ भएको उल्लेख गर्दै यसलाई सफल बनाउन आह्वान गरेका हुन् ।

काँग्रेसले आगामी मङ्सिर ९ देखि १३ गतेसम्ममा पार्टीको चौधौं केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने कार्यतालिकाअनुरुप वडा तहको अधिवेशन सुरु हुन लागेको हो । ढिलै भए पनि वडा तहको निर्वाचनको सुरुवात हुँदैछ, यो अवस्थामा देशको अहिलेको परिवर्तनको रक्षा गर्दै लोकतन्त्रलाई साकार पार्ने दिशामा काँग्रेस एउटा जनताको भरोसा बन्ने दिशामा काम गर्नुपर्छ, नेता पौडेलले बताउनुभएको छ ।

उनले कांग्रेस नेता कार्यकर्तालाई आफ्नो निजी स्वार्थलाई विर्षेर लोकतन्त्रको संस्थागत र कांग्रेसको सबल नेतृत्व ल्याउन ध्यान दिन अपील गरे । ‘सम्पूर्ण साथीहरुलाई म यो घडीमा अपील गर्न चाहन्छु कि हामीले आफ्ना सानातिना निजी कुरालाई विर्सेर हाम्रा अगाडि रहेका महान लक्ष्यलाई ध्यानमा राख्दै हामीले गर्दै आएको कठिन संघर्षलाई मूर्त रुप दिन, लोकतन्त्रलाई संस्थागत गर्ने कसरी यो देशको समृद्धि अगाडि बढाउन सकिन्छ, कांग्रेसले कसरी सवल नेतृत्व ल्याउने भन्नेमा चिन्तित हुन र गम्भीर हुन र त्यही अनुसार आफ्नो आत्माको पुकार सुनेर निर्णय गर्न आग्रह गर्दछु,’ पौडेलले भनेका छन् । 

काँग्रेसको चौधौं केन्द्रीय महाधिवेशनको सन्दर्भमा पार्टीले सबल नेतृत्व हासिल गर्ने विषयमा पनि चिन्तित हुनुपर्ने धारणा उहाँले राख्नुभएको छ ।