२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar मलेसियामा नेपाली श्रमिकको सुरक्षादेखि डिजिटल सेवासम्म खरेलका प्राथमिकता News Polar प्रस्तावित राजदुत डा. झाको योग्यता र कार्यक्षमतामाथि सत्तारुढ सांसदको प्रश्नै प्रश्न News Polar श्रीलंकासँग आर्थिक साझेदारी बलियो बनाउने राजदूत झाको प्रतिबद्धता News Polar तुलसीपुर प्रहरीका लागि ‘बडी बर्न’ क्यामेरा News Polar मतदातासूचीबाट तीन हजार ४७२ मतदाताको नाम हटाइयो News Polar वीरगन्जमा फरार प्रतिवादी प्रक्राउ News Polar कांग्रेस महाधिवेशन : आदिवासी जनजातितर्फको मतगणना सम्पन्न, बहादुर सिंह लामा तामाङ विजयी News Polar प्रधानमन्त्री राहत कोषमा पौने १८ अर्ब मौज्दात News Polar राजदूत सुनारबारे प्रहरीको अभिलेखमा मिलापत्र, डिपोर्टबारे अध्यागमनसँग विवरण छैन News Polar दसैँअवधिभर काभ्रेमा टिपर सञ्चालनमा रोक News Polar ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु News Polar पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्मा देशभर १७ हजार ८२ व्यवसायी दर्ता News Polar चितवनमा नौ महिनामा थपिए ८० जना एचआइभी सङ्क्रमित News Polar दुई हजारमाथि विद्यार्थी भएका १०९ विद्यालयमा ६ अर्ब लगानी गर्दै शिक्षा मन्त्रालय News Polar कांग्रेस खस आर्य महिला केन्द्रीय सदस्यमा भद्रा पराजुलीको अग्रता, जानुका पन्त दोस्रो News Polar भोजपुरमा माटो कमेरोले घर पोत्ने चलन हराउँदै News Polar कोरलानाकाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस News Polar छेपारे पहिरोको पीडाः ‘न बच्यो साहारा, न रह्यो बास’ News Polar भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा News Polar वडा कार्यालयबाटै प्रशासनको सिफारिस, सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

अफगानिस्तानः अमेरिकाका शीर्ष सैन्य जनरलले तालिबानलाई भने-‘निर्दयी समूह’

अफगानिस्तानः अमेरिकाका शीर्ष सैन्य जनरलले तालिबानलाई भने-‘निर्दयी समूह’
अ अ+ अ-

एजेन्सी । अमेरिकाका शीर्ष सैन्य जनरल मार्क मिलीले तालिबानलाई 'निर्दयी समूह' भन्दै उनीहरू परिवर्तन हुन्छन् कि हुँदैनन् स्पष्ट नभएको बताएका छन्।

यद्यपि भविष्यमा आतङ्कवाद विरुद्धको लडाइँमा उक्त इस्लामिक समूहसँग अमेरिकाले समन्वय गर्नसक्ने 'सम्भावना रहेको' उनको भनाइ छ।

तालिबानलाई सत्ताच्यूत गर्नेगरी सुरु गरेको युद्ध समाप्त गर्दै अमेरिकाले मङ्गलवार अफगानिस्तानबाट पूर्ण रूपमा आफ्नो सेना फिर्ता गरेको हो।

यो सँगै अमेरिकाको सबैभन्दा लामो २० वर्षे अफगान युद्ध समाप्त भएको छ।

अफगानिस्तानमा अहिले तालिबानको नियन्त्रण छ र उसले नयाँ सरकार घोषणा गर्ने ठानिएको छ।

अमेरिकी फौजको अन्तिम टुकडीले अफगानिस्तान छाडेपछि जनरल मिलीले अमेरिकी रक्षामन्त्री लोयड अस्टिन सँगसँगै पहिलोपटक सार्वजनिक टिप्पणी गरेका हुन्।

अचानक अमेरिकी फौज फिर्ता गर्ने निर्णयलाई लिएर अमेरिकी राष्ट्रपति जो बाइडनले देशभित्र र अमेरिकी साझेदार राष्ट्रबाट व्यापक आलोचना खेप्नु परेको छ।

उक्त समूहले गत साता काबुल विमानस्थल बाहिर भएको आत्मघाती हमलाको जिम्मा लिएको थियो।

त्यसमा १३ अमेरिकी सैनिकहरू सहित १७० जनाको ज्यान गएको थियो।

तर त्यसै समय रक्षामन्त्री अस्टिनले चाहिँ भविष्यमा हुनसक्ने साझेदारीबारे 'आफूले कुनै पनि भविष्यवाणी गर्न नचाहेको' बताएका थिए।

अफगानिस्तान छाड्न चाहने कुल एक लाख २३ हजार भन्दा बढी मानिसहरूलाई उद्धार गरिएको बताइएको छ।

अमेरिकाले अझै अफगानिस्तानमा १०० देखि २०० अमेरिकीहरू रहेको अनुमान गरेको छ। बीबीसी