• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

अमेरिकी सेनाद्वारा अफगानिस्तानमा अल कायदाका नेताको हत्या



वासिङ्टन । आतंकवादी संस्था अल कायदाका नेता आइमन अल जवाहिरीको अमेरिकी सेनाको कारबाहीमा ज्यान गएको छ । सोमबार बिहान उनी अफगानिस्तानमा मारिएका हुन् ।

अमेरिकी सेनाले गरेको हवाई कारबाहीमा उनी मारिएका अमेरिकी मिडियाले बताएका छन् ।

सोमबार अफगानिस्तानमा ड्रोनबाट गरिएको आक्रमणबाट उनी यो समाचारको अमेरिकी राष्टपति जो बाइडेनले पुष्टि पनि गरेका छन् ।

जवाहिरी अल कायदा संगठनका नेता हुन् । अल कायदाका तत्कालीन नेता ओसामा बिन लादेन सन् २०११ मा मारिए पछि जवाहिरी सो संगठनका नेता छानिएका थिए ।