२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतले पठायो मूल्यसूची, पेट्रोलियम पदार्थको मूल्य फेरि घट्यो



अ+ अ-

काठमाडौँ । भारतले पुनः पेट्रोलियम पदार्थको मूल्य घटेको सूची पठाएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले सोमबार पठाएको मूल्यसूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १२ रुपैयाँ ४५ पैसा र डिजेलको मूल्य प्रतिलिटर १६ रुपैयाँ ८० पैसा घटेको छ ।

यसअघि पनि भारतबाट आएको मूल्यसूचीमा पेट्रोलको मूल्य प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा र डिजेलको मूल्य प्रतिलिटर १६ रुपैयाँ ५६ पैसाले घटेर आएको थियो । यद्यपि नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको थिएन ।

पछिल्लो मूल्यसूचीमा पेट्रोल र डिजेलको मूल्य घटेसँगै निगमको पाक्षिक नोक्सानी अब करिब रु ७५ करोडमा झर्ने भएको बताइएको छ । निगम अब लामो समयपछि नाफामा गएको देखिन्छ । किनकी निगमले मूल्य नघटाए पेट्रोलमा प्रतिलिटर करिब २ रुपैयाँ नाफा हुनेछ । यद्यपि डिजेलमा मूल्य नघटाए पनि प्रतिलिटर १० रुपैयाँ नोक्सान हुने बताइएको छ ।

अन्तर्राष्ट्रिय बजारमै कच्चा तेलको मूल्यमा गिरावट आएको छ । त्यसैले नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य दोस्रो पटक घटेर आएको हो । अहिले अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल करिब १०३ डलर रहेको छ ।