२५ पुष २०८१, बिहीबार
,
Latest
पृथ्वी जयन्ती मनाउन नेताहरुलाई प्रधानमन्त्री बनाइदिन्छौँ भन्दै सौदाबाजी गर्नुपर्ने अवस्था छः अध्यक्ष लिङदेन लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ बलियो राजनीतिक दलले मात्रै देश बनाउन सक्छः महासचिव पोखरेल ‘झिंगाले सरापेर डिंगा मर्दैन’: प्रधानमन्त्री ओली शहीद दशरथ चन्द स्वास्थ्य विज्ञानका लागि बनाइएका संरचनाहरुबाट सेवा शुरु गर्न माग तिब्बतमा भूकम्पपछि एकहजार २११ परकम्पन उपल्लो मुस्ताङमा पर्यटक बढे सूर्यदर्शन सहकारी ठगी प्रकरण: थुनछेक आदेश आउदै, सुरक्षा व्यवस्था कडा चीनको विद्युतीय गाडीको बिक्रीमा ४०.७ प्रतिशतले वृद्धि तनहुँ महोत्सव सुरु, कृषि क्षेत्रको विकासमा उपप्रधानमन्त्री सिंहको जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

फ्रेन्च सुपर कपको उपाधि पिएसजीलाई



अ+ अ-

एजेन्सी । पेरिस सेन्ट जर्मेन (पिएसजी)ले फ्रेन्च सुपर कप (ट्रफी डेस च्याम्पियन्स) को उपाधि जितेको छ । आइतबार राति इजरायलको ब्लुमफिल्ड स्टेडियममा सम्पन्न फाइनलमा नान्टेसलाई ४–० गोलले पराजित गर्दै पिएसजी च्याम्पियन बनेको हो ।

पिएसजीलाई जित दिलाउन नेयमारले दुई तथा लियोनल मेसी र सर्जियो रामोसले एक–एक गोल गरे । खेलको २२ औं मिनेटमा मेसीले गोल गर्दै पिएसजीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

पहिलो हाफको इन्जुरी समयमा नेयमारले गोल गर्दै पिएसजीको अग्रता दोब्बर पारे । यस्तै, ५७ औं मिनेटमा रामोसले र ८२ औं मिनेटमा नेयमारले पेनाल्टीमार्फत गोल गर्दै पिएसजीलाई ४–० को जित दिलाए ।

ट्रफी डेस च्याम्पियन्स लिग वान सुरु हुनुभन्दा अगाडि खेलिने प्रावधान छ । यसमा लिग वान च्याम्पियन र कप डी फ्रान्सको विजेताबीच प्रतिस्पर्धा हुन्छ ।