२४ जेष्ठ २०८३, आईतवार
,
Latest
बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीको आक्रोशः जनार्दन शर्माको कल डिटेल हेर्न दिइएन



अ+ अ-

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन अर्थमन्त्री जनार्दन शर्माको छानवीनका लागि गठित संसदीय विशेष समितिलाई कल डिटेल समेत हेर्न नदिएको भन्दै आक्रोश व्यक्त गर्नु भएको छ ।

अध्यक्ष ओलीले समिति भित्रै रहेका सत्तारुढ दलका सांसदहरुले नै सो समितिलाई कल डिटेल हेर्न नदिएको जिकीर समेत गर्नु भयो । साउन १५ (खीर खाने दिन)को अवसर पारेर पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजना गरिएको एक कार्यक्रममा बोल्दै उहाँले तत्कालीन अर्थमन्त्री शर्माको तथ्य बाहिर आउँछ भनेर अर्थ मन्त्रालयको सिसीटिभी फुटेजनै गायव गरिएको दावी समेत गर्नु भयो । ओलीले हाम्रा चाडपर्वहरुले सामाजिक सुसम्बन्धलाई बलियो बनाएको पनि स्पष्ट पार्नु भयो ।

उहाँले प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु देउवाले भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौंथाईवालेलाई जनैपूर्णिमाको दिन राखी बानिदिएकोतर्फ संकेत गर्दै त्यसमा पनि राजनीति भईरहेको बताउनु भयो । अध्यक्ष ओलीले भन्नु भयो, ‘अहिले सिसिटिभी राख्दा त फुटेज गायव । आजकालको जमानामा कल डिटेल हुन्छ । तर, हेर्न नपाईने ।

कल डिटेल हेर्न चाँही पाईदैन, लजा । अव ऊ बेला त न कल डिटेल, न फुटेज । न मोबाईल, न क्यामेरा, न फोटो । ऊ बेला चोरी पत्ता लगाउनु प¥यो भने तामा–तुलसी राखेर कसम खाने चलन थियो । थाहा पाउनु भयो होला–इन्टरनेशनल राखी पनि सुरु भईसक्यो । राखीमा राजनीति पनि भईसक्यो । जेहोस् राखीले दाजुभाई–दिदीबहिनीको सम्बन्ध, दशैंले सम्पूर्ण नातागोताको सम्बन्ध । छठजस्ता चाँडहरु, तीजजस्ता चाँडहरु, गौराजस्ता पर्वहरु यस्ता पर्वहरुले अनेक ढंगले हामीलाई एक ठाउँमा ल्याउछ फेरी ।’

अध्यक्ष ओलीले हाम्रा चाडपर्वहरुले नातागोतामा टुटेको सम्बन्धलाई पनि जोडने काम गरिरहेको स्मरण गराउनु भयो ।