• ४ असार २०८१, मंगलवार
  •      Tue Jun 18 2024
  •   Unicode
Logo

अर्थमन्त्री शर्माद्वारा पद तथा गोपनीयताको सपथ



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पद तथा गोपनीयताको सपथ लिनुभएको छ । मन्त्री शर्माले राष्ट्रपति कार्यालयमा शितलनिवासमा सपथ लिनुभएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई आज आइतबार अर्थमन्त्रीमा नियुक्त गर्नुभएको थियो ।

बजेट निर्माणमा अनधिकृत व्यक्तिहरुले प्रवेश पाएको विषयमा विवादित बनेपछि अर्थमन्त्रीबाट राजीनामा दिनुभएका शर्माले नै पुनः अर्थमन्त्रालयको जिम्मेवारी पाउनुभएको हो । संसदीय छानबिन समितिले शर्मालाई सफाइ दिँदै प्रतिवेदन बुझाएको थियो ।