२७ भाद्र २०८३, शनिबार
,
Latest
नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै कालिका नगरपालिकाबाट ‘स्मार्ट कार्ड लाइसेन्स’ वितरण सुरु, भरतपुरसम्म आउनुपर्ने बाध्यता अन्त्य आज विश्व प्राथमिक उपचार दिवस जङ्गलमा भरुवा बन्दुक भेटिए, लागुपदार्थसहित महिला पक्राउ पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन अघि बढाउँदै महानगर शहरको भान्सामा पुग्छ भोजपुरको ‘अकबरे खुर्सानी’ बाढीपीडितका लागि बाँकेका विद्यालय र अस्पतालबाट एक करोड २५ लाख सहयोग एसीसी प्रिमियर कप फाइनल: युएईविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल बाँदर-बँदेल रोक्न दिनमा हेरालु, रातमा काँडेतार आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाघको आक्रमणबाट जोगाउन विद्यार्थीलाई बस



अ+ अ-

बर्दिया । ठाकुरबाबा नगरपालिकास्थित बगनाहामा रहेको चुरे क्याम्पसले विद्यार्थीलाई वन्यजन्तुको आक्रमणबाट सुरक्षित राख्न ठाकुरद्वाराबाट बगनाहा क्यामपससम्म बस सेवा सञ्चालनमा ल्याएको छ । यसबाट विद्यार्थी तथा अभिभावक खुशी भएका छन् ।

बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रको यस क्याम्पसमा  विद्यार्थीहरू छोटो बाटो प्रयोग गरी आउँदा जाँदा वन्यजन्तुको आक्रमणमा पर्न सक्ने भएकाले यस्तो व्यवस्था गरिएको  सहायक क्याम्पस प्रमुख रुद्रबहादुर खड्काले बताउनुभयोे ।

हाल कोभिड–१९ का कारण क्याम्पस सञ्चालन नभए पनि शुक्रबारदेखि सञ्चालन हुने स्नातक दोस्रो वर्षको परीक्षालाई सहज हुुने उल्लेख गर्दै उहाँले बस सेवालाई मधुवन नगरपालिकाको सूर्यपटुवा ओराली हुँदै बगनाह क्यामपससम्म पु¥याइने जानकारी दिनुभयो । (रासस)