२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

थप ६२० जनामा कोरोना संक्रमण, २९७ निको



अ+ अ-

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ६२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पाँच हजार ८४६ जनामा गरिएको परीक्षणमा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

दुई हजार ६५१ पीसीआर परीक्षणमा ४९६ र तीन हजार १९५ एन्टिजेन परीक्षणमा १२४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या २९७ रहेको छ भने यसको संक्रमणका कारण पछिल्लो २४ घण्टामा एक जनाले ज्यान गुमाएका छन् ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या चार हजार ५६७ पुगेको छ ।