२७ भाद्र २०८३, शनिबार
,
Latest
नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै कालिका नगरपालिकाबाट ‘स्मार्ट कार्ड लाइसेन्स’ वितरण सुरु, भरतपुरसम्म आउनुपर्ने बाध्यता अन्त्य आज विश्व प्राथमिक उपचार दिवस जङ्गलमा भरुवा बन्दुक भेटिए, लागुपदार्थसहित महिला पक्राउ पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन अघि बढाउँदै महानगर शहरको भान्सामा पुग्छ भोजपुरको ‘अकबरे खुर्सानी’ बाढीपीडितका लागि बाँकेका विद्यालय र अस्पतालबाट एक करोड २५ लाख सहयोग एसीसी प्रिमियर कप फाइनल: युएईविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल बाँदर-बँदेल रोक्न दिनमा हेरालु, रातमा काँडेतार आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
तपाईं के खोज्दै हुनुहुन्छ ?

कार्यदलले प्रतिवेदन बुझायो



अ+ अ-

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत देशव्यापी रहेका भौतिक पूर्वाधार र जग्गाको अध्ययन गरी विवरण संकलन गर्न गठित भौतिक पूर्वाधार व्यवस्थान सम्बन्धी कार्यदलले बिहीबार प्रतिवेदन बुझाएको छ ।

राखेपकी सदस्य एवं कार्यदलकी संयोजक सुवर्णकेशरी श्रेष्ठले राखेपका सदस्य–सचिव रमेशकुमार सिलवाललाई एक कार्यक्रमबीच प्रतिवेदन हस्तान्तरण गरिन् । गत चैत २३ गते राखेपले श्रेष्ठको संयोजकत्वमा ७ सदस्यीय कार्यदल गठन गरेको थियो । 

कार्यदलको सदस्यमा तालिम तथा प्रशिक्षण विभागका हिमालराज दाहाल, युवा तथा खेलकुद मन्त्रालयकी रेखा सिग्देल, भौतिक पूर्वाधार तथा निर्माण शाखाका राजु श्रेष्ठ, सामान्य प्रशासन शाखाकी सारदा दाहाल र आर्थिक प्रशासन शाखाका टंकराज कट्टेल रहेका छन् । सचिवमा प्रशासन विभागका भोजानन्द राई छन् ।

संयोजक श्रेष्ठले राखेप मातहतका सम्पत्तिको उचित संरक्षण र सम्बद्र्धन गर्न सके वार्षिक कम्तीमा १० करोड आम्दानी गर्न सकिने निस्कर्षसहितको प्रतिवेदन बुझाएको जानकारी गराउदै प्रतिवेदन कार्यन्वयन हुनेमा आफू विश्वस्त रहेको बताइन् । संयोजक श्रेष्ठले कतिपय स्थानमा कार्यदलले स्थलगत अध्ययन गरी प्रतिवेदन तयार पारेको बताउदै कोरोना भाइरस (कोभिड– १९) को जोखिमलाई रोकथाम र नियन्त्रण गर्न लागू गरिएको निषेधाज्ञाका कारण विवरण संकलन गर्न ढिला भएको जानकारी गराइन् ।

सदस्य–सचिव सिलवालले परिषद् मातहतका सम्पत्तिको यथार्थ अवस्था बुझ्न प्रतिवेदनले ठूलो मद्दत पुग्ने बताउदै प्रतिवेदन पूर्ण रुपमा अध्ययन गरी कार्यन्वयनतर्फ अगाडि लैजाने प्रतिबद्धता व्यक्त गरे ।