२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा रु २१ खर्ब २४ अर्बको बजेटप्रति मिश्रित प्रतिक्रिया, कार्यान्वयन र राजस्व लक्ष्यमा देखिए प्रमुख चुनौती सगरमाथामा ६ दिन हराएर उद्धार गरिएका हिलारी दावा शेर्पा उपचारका लागि ह्याम्स अस्पतालमा भर्ना सरकारको ऊर्जा लक्ष्य बजेटले पूरा गर्न सक्दैनः दुलाल राप्रपाका १८३ जना नेता–कार्यकर्ताले सामूहिक रूपमा गरे पार्टी परित्याग कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनार्दन शर्माले अर्थमन्त्रीको सपथ आजै लिने



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का नेता जनार्दन शर्माले आज अर्थमन्त्रीको सपथ लिने भएका छन् । बजेट प्रकरणमा संसदीय छानबिन समितिको प्रतिवेदनमा ‘क्लिन चिट’ पाएका शर्माको सपथको तयारी भइरहेको बताइएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा छलफल गरेर अर्थमन्त्रीका लागि आजै शर्माको नाम प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष सिफारिस गर्नुभएको छ । प्रधानमन्त्री देउवाले शर्माको नाम राष्ट्रपति भवन शीतल निवासमा पठाएपछि राष्ट्रपतिबाट आजै शर्माले पद तथा गोपनीयताको सपथ लिने छन् ।

चालु आर्थिक वर्षको बजेट निर्माणका क्रममा बजेट घोषणा हुनु अघिल्लो दिन अर्थात गत जेठ १४ गते राति तत्कालीन अर्थमन्त्री शर्मामाथि अनधिकृत व्यक्तिलाई संलग्न गराएर करका दरहरुमा हेरफेर गरेको आरोप लगाइएको थियो । संसद्मा प्रमुख प्रतिपक्षी नेकपा (एमाले) र सत्ता साझेदार नेपाली कांग्रेसका केही सांसदहरुले समेत उहाँको राजीनामा माग गर्दै विशेष संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गरेका थिए ।

त्यसपछि सो प्रकरणमा संसदीय छानबिन समिति गठन भएपछि समितिको काममा सहयोग पुगोस् भनी तत्कालीन अर्थमन्त्री शर्माले असार २२ गते पदबाट राजीनामा दिएका थिए ।

समितिले अस्ति शुक्रबार आफ्नो प्रतिवेदन सभामुखसमक्ष बुझाएको छ । प्रतिवेदनमा अनधिकृत व्यक्ति प्रवेश गरेको प्रमाण नभेटिएको निष्कर्ष निकालेको छ ।

यद्यपि प्रमुख प्रतिपक्षी दल एमालेका सांसदले भने फरक मत बुझाएका छन्। समितिले बहुमतका आधारमा प्रतिवेदन बुझाएको हो।




भर्खरै