२६ भाद्र २०८३, शुक्रबार
,
Latest
कलाकार सङ्घद्वारा दैवीप्रकोप उद्धार कोषमा पाँच लाख २५ हजार रुपैयाँ सहयोग भोटेकोशी बाढी प्रभावितका लागि दूरसञ्चार प्राधिकरणद्वारा १५ करोड सहयोग बर्दिवास मेडिकल कलेज अब बन्छः मन्त्री पोखरेल भोटेकोशी बाढी: छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा सडकपेटीमा सुत्केरीः काममा खटिएका छ जना कर्मचारी निलम्बित रास्वपाद्वारा ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज तयार गर्न समिति गठन बाढी प्रभावित पहाडका जनतालाई मधेसले गरेको सहयोग सराहनीय छ : संयोजक दाहाल छोरा भेटिने आसमा भौँतारिएका ‘बा’हरू बाढी प्रभावित नुवाकोट र रसुवा जाने टोलीलाई अध्यक्ष ओलीको निर्देशन प्रभु बैंकका सञ्चालक र कर्मचारीद्वारा बाढीपीडितका लागि ४० लाख ८० हजार सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

किन रोइन् उत्तर कोरियाली प्रथम महिला ?



अ+ अ-

उत्तर कोरियाकी प्रथम महिला युद्धविराम उत्सवका दिन रोएको समाचार यतिखेर विश्वका सञ्चारमाध्यमहरुमा निकै आएको छ । उनी हालै आयोजित एक सार्वजनिक समारोहमा आँशु झारेर रोएकी थिइन् ।

उत्तर कोरियाकी रि सोल जुले आफ्ना श्रीमान् किम जङ अनको साथमा उभिएर राष्ट्रिय गान गाइरहेका बेला बरबरी आँसु झारिन्।

उनीहरू कोरियाली युद्धविराम स्मरण उत्सवको ६९औँ वार्षिकोत्सव समारोहमा थिए। उत्तर कोरियामा उक्त वार्षिकोत्सव जुलाई २७ का दिन मनाउने गरिन्छ । त्यस दिन आयोजित सैनिक परेडसहितको एक औपचारिक कार्यक्रममा उनी रोएको समाचार र भिडियो सर्वत्र आएको छ ।

कोरियाली युद्धताकाका दृश्यहरुले उनलाई भावुक बनाएको हुनसक्ने मिडियाहरुको अनुमान छ । यद्यपि, उनले यस विषय भने केही भनेकी छैनन् ।

किम उत्तर कोरियाली कडा शासक मानिन्छन् । त्यसैले उनीसँगै सार्वजनिक समारोहमा उभिएकी उनकी श्रीमती रोएको समाचारको चर्चा धेरै भएको मानिएको छ ।