१९ मंसिर २०८२, शुक्रबार
,
Latest
हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो एनपीएलः जनकपुरलाई हराउँदै लुम्बिनी प्लेअफमा उपराष्ट्रपति यादवसँग सार्क महासचिवको शिष्टाचार भेट महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन कांग्रेसको कलहः होला त पुसमा महाधिवेशन ? विनाशकारी मौसमी प्रकोपपछि श्रीलङ्कामा ८५ प्रतिशत विद्युत आपूर्ति अवरुद्ध महिला भलिबल प्रतियोगिता : नेपाल पुलिस क्लब विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

जुम्ली काँचो स्याउ बजारमा : पहिचान गुम्ने खतरा



अ+ अ-

जुम्ला । जुम्लामा उत्पादित अग्र्यानिक स्याउ काँचो अवस्थामा नै बजारमा देखापरेको छ । राम्रोसँग परिपक्का नहुँदै यहाँको स्याउ किसानसंग मिलेमतोमा गरी व्यापारीले विक्रीवितरण गर्न थालेका छन् । भदौ १५ गतेभन्दा अघि स्याउ नटिप्न कृषिविज्ञ एवं स्थानीय तहले समेत परिपत्र गरे पनि पछि मूल्य नपाइने जनाउँदै यहाँका किसान र व्यापारीले काँचो स्याउ बेच्न थालेका छन् । कर्णाली प्रदेशको राजधानी सुर्खेतका गल्ली तथा चोकसम्म तथा फलफूल मण्डीमा जुम्लाको काँचो स्याउ बिक्रीका लागि राखिएको छ ।

त्यस्तै काठमाडाैँ नेपालगञ्ज, दाङ, धनगढी विराटनगरलगायतका जिल्लामा समेत जुम्ली काँचो स्याउ पुगेको जनाइएको छ । आर्थिक समृद्धिसँगै जिल्लाको पहिचानसँग जोडिएको अग्र्यानिक स्याउको पहिचान गुम्नेसमेत खतरा बढेको कृषिविज्ञ बताउँछन् । जिल्लामा भदौ १५ गतेभन्दा अघि स्याउ टिप्न कसैलाई पनि छुट छैन ।

कृषि विकास कार्यालय जुम्लाका प्रमुख गणेश अधिकारीले भन्नुभयो, “साउन पहिलो साता जिल्लामा गोष्ठी गरेर काँचो स्याउ नटिप्न किसान व्यापारीलाई सूचित गराइएको हो । पछि उपयुक्त मूल्य र बजार नपाउने डरले किसानले काँचो स्याउ टिप्नु, बाहिर बजारमा पठाउनु जुम्ली स्याउको पहिचान गुम्ने सङ्केत हो ।” साउनमा पाक्ने ६२ कार्टुन चक्लेटी स्याउ निर्यातका लागि सिफारिस दिएको उहाँले जानकारी दिनुभयो ।

तातोपानी गाउँपालिका र चन्दननाथ नगरपालिकाले भदौ १५ गतेभन्दा अघि स्याउ नटिप्न किसानलाई आग्रह गरेको छ । दुवै स्थानीय तहले सूचना जारी गर्दै स्याउको पहिचान कायम राख्न, बजारको मागअनुसार पूर्ति गर्न, राम्रो मूल्य पाउनका लागि भदौ १५ गतेभन्दा अघि स्याउ नटिप्नसमेत सूचना गरिएको चन्दननाथका प्रमुख प्रशासकीय अधिकृत क्षेत्रबहादुर बुढ्थापाले बताउनुभयो ।

तातोपानीका कृषि शाखाका प्रमुख पदम नेपालीले पालिकामा व्यापारी, किसान र जनप्रतिनिधिको उपस्थितिमा अन्तक्र्रिया गरी भदौ पहिलो साताबाट मात्रै स्याउ टिप्ने निर्णय गरेको जानकारी दिनुभयो । जिल्लाका आठवटै स्थानीय तहका किसान स्याउखेतीमा निर्भर छन् । बजारमा काँचो स्याउ पुग्दासमेत सम्बन्धित निकायले कुनै अनुगमनको पहलसमेत चालेका छैनन् । रासस
–––