• २ असार २०८१, आईतवार
  •      Sun Jun 16 2024
  •   Unicode
Logo
Latest
★   बंगलादेशसँग १० वर्षअघिको बदला लिने धुनमा नेपाल ★   पाप मोचन गर्ने धार्मिक विश्वासमा मनाइने पर्व गङ्गादशहरा ★   एघार महिनामा ४४ प्रतिशत मात्रै पुँजीगत खर्च ★   बजेटले मन्दीतर्फउन्मुख अर्थतन्त्रलाई सुधार्न सक्दैन: सांसद जबरा ★   देवघाटमा बाँध बाँधेर चितवन पूर्व र नवलपुर पश्चिममा सिँचाइ पुर्‍याउन प्रस्ताव ★   सरकारले नयाँ चरणको आर्थिक सुधार कार्यक्रममा विशेष ध्यान दिनुपर्छ: डा.स्वर्णिम वाग्ले ★   सरकारले पकेट बैंकबाट योजना छनोट गरेर बजेट ल्यायो: एमाले सचिव भट्टराई ★   गौतम गम्भीर भारतीय टोलीको मुख्य प्रशिक्षक बन्ने ! ★   भरतपुर महानगरपालिको दियो ४ हजार ५ सय २४ जनालाई नि:शुल्क तालिम ★   खडेरीले नपसाउँदै बारीमै सुक्न थाले मकै

म्यान्चेस्टर सिटीलाई हराउँदै लिभरपुलले जित्यो कम्युनिटी शिल्डको उपाधि



एजेन्सी । इंग्लिस फुटबल कप एफए कम्युनिटी शिल्डको उपाधि लिभरपुलले जितेको छ । शनिबार राति किंग पावर स्टेडियममा भएको फाइनल खेलमा म्यान्चेस्टर सिटीलाई ३–१ गोलले पराजित गर्दै लिभरपुलले उपाधिमाथि कब्जा जमाएको हो ।

अति नै रोमाञ्चक बनेको खेलमा लिभरपुललाई उपाधि दिलाउन ट्रेन्ट एलेक्जेन्डर आर्नोल्ड, मोहमद सलाह र डार्विन न्युनेजले १–१ गोल गरे । खेलको २१ औं मिनेटमा आर्नोल्डले लिभरपुललाई सुरुवाती अग्रता दिलाए । सलाहले उपलब्ध गराएको पासलाई उनले पेनाल्टी क्षेत्र बाहिरबाट प्रहार गर्दै गोलमा परिणत गरे ।

यता, सिटीका फरवार्ड जुलियन अल्भारेजले ७० औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए । दोस्रो हाफमा वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका उनले फिल फोडेनको प्रहारलाई रिबाउन्डमा गोल गरेका हुन् ।

८३ औं मिनेटमा सलाहले पेनाल्टीमार्फत गोल गर्दा लिभरपुल २–१ को स्थितीमा अघि बढ्यो । यस्तै, इन्जुरी समयमा यसै सिजन मोटो रकममा पोर्चुगीज क्लब बेन्फिकाबाट लिभरपुल आएका न्युनेजले गोल गर्दै लिभरपुललाई सिजनको पहिलो उपाधि दिलाए ।

यी दुई क्लबबीच इंग्लिस प्रिमियर लिग विजेता सिटी र एफ ए कप विजेताको रुपमा लिभरपुलबीच प्रतिस्पर्धा भएको हो ।