३ असार २०८३, बुधबार
,
Latest
अध्ययन बिदा लिएर सेवामा नफर्किएका प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन त्रिविको निर्देशन अध्ययन बिदा लिएर सेवामा नफर्किएका प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन त्रिविको निर्देशन नेपाली औषधि कम्पनी एमडी फार्मास्युटिकल्स प्रालिलाई ‘क्वालिटी अचिभमेन्ट अवार्ड २०२६’ ट्राफिक कारबाहीमा एकैदिन १९ लाख ७७ हजार राजस्व संकलन झापामा प्रहरीद्वारा ‘स्वीप अपरेसन’ मेस्सीको ह्याट्रिकमा साविक विजेता अर्जेन्टिनाको शानदार सुरुवात मेसीको ह्याट्रिक, अर्जेन्टिनाको शानदार प्रदर्शन मालिकाको दरवाङ–फूलबारी सडक स्तरोन्नति नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालनको तयारी यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

तत्काल समाजवादी केन्द्र बन्दैन: अध्यक्ष दाहाल



अ+ अ-

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले तत्काल समाजवादी केन्द्र नबन्ने बताउनुभएको छ ।

शुक्रवार प्रेस सेन्टर नेपालको केन्द्रिय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले तत्काल समाजवादी केन्द्र नबन्ने स्पष्ट पार्नुभएको हो । सञ्चारमाध्यममा समाजवादी केन्द्र बन्दैन भन्ने समाचारहरु आएको भन्दै उहाँले त्यसको खण्डन गर्नुभयो । उहाँले समाजवादी केन्द्र बनाइहाल्नका लागि आफूहरुले छलफल नगरेको उल्लेख गर्नुभयो । अध्यक्ष दाहालले केहीले समाजवादी केन्द्र बनाउने कुरा उठाएपनि बैठकमा समाजवादी केन्द्र बनाउने गरी छलफल नभएको बताउनु भयो । उहाँले चुनावी मोर्चा बनाउने र पार्टी एकता संयोजन समिति बनाएर एउटै घोषणा पत्र बनाउने विषयमा छलफल चलेको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘तत्काल समाजवादी केन्द्र बन्नेवाला छैन । बन्दै छैन । हामीले समाजवादी केन्द्र बनाईहालौँ भनेर छलफल पनि गरेका छैनौँ । केही–केही साथीहरुले समाजवादी केन्द्रको कुरा उठाउनु भएको हो तर हाम्रा बैठकहरुमा समाजवादी केन्द्र तत्काल बन्ने भन्ने कुरा भएको होइन । छैन । चुनावी मोर्चा बनाउने र पार्टी एकता संयोजन समिति भएर एउटै घोषणा–पत्र बनाउन सकिन्छ कि भन्ने छलफल चलेको छ । टुंगिसकेको छैन । जे भएपनि यही गठबन्धन जान्छ र हामीले यसैबाट देशमा राजनीतिक स्थायित्व र विकास ल्याउनुछ ।’

अध्यक्ष दाहालले वर्तमान सत्तारुढ गठबन्धन प्रदेश र संघको निर्वाचनसम्म कायम रहने बताउनु भयो । उहाँले गठबन्धनको आवश्यकता र औचित्य रहँदासम्म निर्वाचनपछि पनि गठबन्धन कायम रहने बताउनु भयो । गठबन्धनबाटै शान्तिप्रक्रियाका बाँकी काम टुंग्याउने र नयाँ परिस्थिति बनाउने उहाँको भनाई छ । उहाँले भन्नुभयो – ‘एउटा ऐतिहासिक आवश्यकताले, संविधानको रक्षा, राष्ट्रको रक्षा र गणतन्त्र, संघीयताको रक्षाको निम्ति यो बनेको हुनाले यो गठबन्धन अहिले कायम रहन्छ । प्रदेश, संघको निर्वाचनसम्म मात्रै होइन यसको आवश्यकता र औचित्य रहँदासम्म यो कायम रहिराख्छ, कुनै दुविधा नपाल्नु होला । अर्को बन्छ कि भन्ने खालको कहिलेकाहीँ भ्रम आउन खोज्छ, त्यो भ्रम अब मुक्त भएर यही गठबन्धनबाट जाने हो र यसैबाट शान्तिप्रक्रिया पनि टुंग्याउने हो र यसबाट नै एउटा नयाँ परिस्थिति बनाउने हो ।’

अध्यक्ष दाहालले पूर्वअर्थमन्त्री जनार्दन शर्माले अनाधिकृत व्यक्तिलाई ल्याएर करको दर हेरफेर नगरेको प्रमाणित भएको बताउनु भयो । संसदीय विशेष छानबिन समितिको रिपोर्टले शर्मालाई निर्दोष देखाएको उहाँको भनाई छ । उहाँले तत्कालिन अर्थमन्त्री शर्मा र अर्थ मन्त्रालयको कुनै गल्ती नभएको छानबिन समितिको प्रतिवेदन आएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो – ‘बजेट राम्रो छ भन्ने हुँदैथ्यो । सबैले त्यसलाई स्वागत गर्दै थिए । राति १२ बजे अनाधिकार मान्छेलाई ल्याएर करका दरमा हेरफेर ग¥यो अर्थमन्त्रीले र यसलाई कारबाही गर्नुपर्छ भनेर यति धेरै प्रचार गरियो । हामीले, अझ मैले नै भन्नुपर्छ अध्यक्षको हैसियतले छानबिन गर्नु भने, खाएको विष पो लाग्छ, नखाएको विष त लाग्दैन । छानबिन गर्न तयार । संसदीय छानबिन नै सही भनियो । छानबिनको १० दिन समय दिइयो । ७ दिन थपियो । आज चाहीँ छानबिन समितिले बुझायो उहाँ निर्दोष हुनुहुन्छ । केही प्रमाण छैन । अब प्रमाणित भइसक्यो । भर्खरै त्यो घोषणा भयो । अर्थमन्त्रीको, अर्थ मन्त्रालयको त्यस्तो कुनै गल्ती भएको छैन भन्ने छानबिन समितिको रिपोर्ट बुझियो ।’

अध्यक्ष दाहालले माओवादी आन्दोलन नै आजको राजनीतिको मुलधार भएको जिकिर गर्नुभयो । उहाँले माओवादी समर्थित पत्रकारहरुको पार्टीको पक्षमा एउटा ट्वीट गर्ने जाँगर पनि नभएको टिप्पणी गर्नुभयो । उहाँले देशमा हालसम्म भ्रष्टाचार नगर्ने माओवादी केन्द्रको नेतृत्वको दुईवटा सरकार मात्र भएको दाबी गर्नुभयो ।