२६ भाद्र २०८३, शुक्रबार
,
Latest
कलाकार सङ्घद्वारा दैवीप्रकोप उद्धार कोषमा पाँच लाख २५ हजार रुपैयाँ सहयोग भोटेकोशी बाढी प्रभावितका लागि दूरसञ्चार प्राधिकरणद्वारा १५ करोड सहयोग बर्दिवास मेडिकल कलेज अब बन्छः मन्त्री पोखरेल भोटेकोशी बाढी: छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा सडकपेटीमा सुत्केरीः काममा खटिएका छ जना कर्मचारी निलम्बित रास्वपाद्वारा ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज तयार गर्न समिति गठन बाढी प्रभावित पहाडका जनतालाई मधेसले गरेको सहयोग सराहनीय छ : संयोजक दाहाल छोरा भेटिने आसमा भौँतारिएका ‘बा’हरू बाढी प्रभावित नुवाकोट र रसुवा जाने टोलीलाई अध्यक्ष ओलीको निर्देशन प्रभु बैंकका सञ्चालक र कर्मचारीद्वारा बाढीपीडितका लागि ४० लाख ८० हजार सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसलाई एक नम्बरको पार्टी बनाउने जिम्मेवारी हाम्रो अगाडि छ: शेखर कोइराला



file
अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले पार्टीको चौधौं महाधिवेशनको सन्दर्भमा एक अपिल जारि गरेका छन् । नेता कोइरालाले शुक्रबार एक अपिल जारि गर्दै विगतमा पार्टीभित्र गुट र विभाजनको स्थायी चरित्रका रुपमा बसेको संस्कारलाई हटाउन नसकेको उल्लेख गरेका छन्।  

‘कांग्रेसको क्रियाशील सदस्यको संख्यामा व्यापक वृद्धि भएको छ। पार्टीको संगठनात्मक ढाँचाको विस्तारसंगै आसन्न महाधिवेशन सम्पन्न गर्ने काम पनि चानचुने छैन। यस कार्यमा खटिएका सवैलाई सहयोग गर्नुपर्ने दायित्व पनि हामी सबै कांग्रेस कार्यकर्ताहरुको हो,’ उनले भनेका छन्, ‘अबको झण्डै सय दिन मुलुकको राजनीति कांग्रेसको महाधिवेशनतर्फ सोझिनेछ। अन्तर्राष्ट्रिय रुपमा पनि हाम्रा मित्र राष्ट्रहरुले हामीतर्फ हेर्नेछन्।’

 डा कोइरालाले यो महाधिवेशनले गुट र गिरोहलाई समाप्त पार्नुपर्छ बताएका छन्।

‘कांग्रेसलाई विश्वसनीय र भरोसायुक्त एक नम्बरको पार्टी बनाउने जिम्मेवारी हाम्रो अगाडि छ। पार्टीभित्र नयाँ संस्कार र पद्धति निर्माणको लागि पर्खन हामीसँग समय छैन। उत्सवको रुपमा आएको १४ औं महाधिवेशनलाई हामी गुट र गिरोह समाप्त गर्न सफलिभूत हुनुपर्नेछ।’