२१ आश्विन २०८१, सोमबार
,
Latest
विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही गर्न पत्राचार निम्न वर्गका जनताले पनि जलविद्युतमा १० प्रतिशत शेयर लगानी गर्ने वातावरण बनाउँछौंः मन्त्री खड्का नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने झगडापछि एक युवकको मृत्यु राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६ हमास आक्रमणको एक बर्ष: युद्धविराम र बन्धकको रिहाइका लागि विश्व समुदायको दवाव प्रधानमन्त्री ओलीद्वारा विद्युतको क्षमता विस्तार र खपत वृद्धिको कार्ययोजनामाथि छलफल खप्तडमा नेपाली सेनाद्वारा सञ्चालित स्वास्थ्य सेवाबाट बिरामीलाई राहत
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसलाई एक नम्बरको पार्टी बनाउने जिम्मेवारी हाम्रो अगाडि छ: शेखर कोइराला



file
अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले पार्टीको चौधौं महाधिवेशनको सन्दर्भमा एक अपिल जारि गरेका छन् । नेता कोइरालाले शुक्रबार एक अपिल जारि गर्दै विगतमा पार्टीभित्र गुट र विभाजनको स्थायी चरित्रका रुपमा बसेको संस्कारलाई हटाउन नसकेको उल्लेख गरेका छन्।  

‘कांग्रेसको क्रियाशील सदस्यको संख्यामा व्यापक वृद्धि भएको छ। पार्टीको संगठनात्मक ढाँचाको विस्तारसंगै आसन्न महाधिवेशन सम्पन्न गर्ने काम पनि चानचुने छैन। यस कार्यमा खटिएका सवैलाई सहयोग गर्नुपर्ने दायित्व पनि हामी सबै कांग्रेस कार्यकर्ताहरुको हो,’ उनले भनेका छन्, ‘अबको झण्डै सय दिन मुलुकको राजनीति कांग्रेसको महाधिवेशनतर्फ सोझिनेछ। अन्तर्राष्ट्रिय रुपमा पनि हाम्रा मित्र राष्ट्रहरुले हामीतर्फ हेर्नेछन्।’

 डा कोइरालाले यो महाधिवेशनले गुट र गिरोहलाई समाप्त पार्नुपर्छ बताएका छन्।

‘कांग्रेसलाई विश्वसनीय र भरोसायुक्त एक नम्बरको पार्टी बनाउने जिम्मेवारी हाम्रो अगाडि छ। पार्टीभित्र नयाँ संस्कार र पद्धति निर्माणको लागि पर्खन हामीसँग समय छैन। उत्सवको रुपमा आएको १४ औं महाधिवेशनलाई हामी गुट र गिरोह समाप्त गर्न सफलिभूत हुनुपर्नेछ।’