२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचनको मिति घोषणा गर्न अध्यक्ष लिङ्देनको माग



file
अ+ अ-

मोरङ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले अविलम्ब संसदीय चुनावको मिति घोषणा गर्न माग गर्नुभएको छ ।

विराटनगरमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सङ्घीय संसद् र प्रदेशसभा सदस्य पदका लागि मङ्सिरमा निर्वाचन गर्न र निर्वाचनको मिति अविलम्ब घोषणा गर्न माग गर्नुभएको हो ।

अध्यक्ष लिङ्देनले एक प्रश्नको जवाफमा अध्यक्ष लिङ्देनले मुलुकको परराष्ट्र नीति सन्तुलनमा राख्न असंलग्न परराष्ट्र नीतिका आधारमा अघि बढ्न सुझाव दिनुभयो ।

वर्तमान गठनबन्धन सरकारले दलीय एवं व्यक्तिगत स्वार्थ त्यागी जनतालाई सर्वोपरि ठानेर महँगी नियन्त्रणलगायतका काम गर्न पनि सुझाव दिनुभयो ।