२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

परराष्ट्रमन्त्री डा. खड्काले आज संसदमा एसपीपीबारे जवाफ दिने



अ+ अ-

काठमाडौँ । परराष्ट्रमन्त्री डा. नारायण खड्काले आज प्रतिनिधिसभाको बैठकमा अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) बारे जवाफ दिने हुनुभएको छ । एसपीपीबारे संसद् र सार्वजनिकरुपमा चर्को आवाज उठ्दै आएको छ ।

सरकारले गत असार ६ गते एसपीपीलाई अगाडि नबढाउने निर्णय गरेको थियो । सो निर्णय कार्यान्वयनका लागि एसपीपीमा सहभागी नहुने भनी सरकारले अमेरिकालाई पत्र नपठाएको भन्दै संसद् र सार्वजनिकरुपमा प्रश्न उठ्दै आएको छ ।

यसै विषयलाई लिएर प्रतिनिधिसभाको यही साउन ४ गतेको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का सांसद् भीम रावलले एसपीपीमा संलग्न नहुने निर्णय सरकारले अमेरिकालाई जानकारी नगराएको भन्दै रोष्ट्रममा उभिएर अमेरिकालाई एसपीपीमा सहभागी नहुने बेहोराको पत्र पठाउन निरन्तर माग गर्नुभएको थियो । साथै उहाँले यस सम्बन्धमा सरकारलाई रुलिङ गर्न पनि आग्रह गर्नुभएको थियो । सांसद रावलले रोष्ट्रम नै कब्जा गरेपछि संसद् बैठकसमेत स्थगित हुन पुगेको थियो ।

एसपीपीबारे संसद्मा निरन्तर प्रश्न उठ्न थालेपछि सभामुख अग्निप्रसाद सापकोटाले साउन ५ गते एसपीपीबारे भएका गतिविधिबारे जानकारी गराउन सरकारलाई रुलिङ गर्नुभएको थियो । सोही रुलिङको पालना गर्दै आज परराष्ट्रमन्त्री डा खड्काले एसपीपीबारे जवाफ दिन लाग्नुभएको हो ।