२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

यतीको विमान उडेलगत्तै इन्जिनमा खराबी देखिएपछि आकस्मिक अवतरण



फाइल फोटो
अ+ अ-

काठमाडौं । पोखराबाट काठमाडौं उडेको यती एयरलाइन्सको जहाजको इन्जिनमा खराबी आएको छ ।

आज बिहान पोखरा विमानस्थलबाट काठमाडौंका लागि भनेर उडेको यती एयरलाइन्सको नाइन एन एएनजी कलसाइन जहाजमा समस्या आएको हो ।

४५ जना यात्रु सवार जहाजको इन्जिनमा उड्दाउड्दै समस्या देखिएपछि जहाजलाई सकुशल अवतरण गराइएको हो ।

जहाज ८ बजेर ५४ मिनेटमा विमानस्थलबाट टेकअफ भएको थियो । इन्जिनमा समस्या देखिएपछि पाइलटले खबर गरेसँगै जहाज उडेको ६ मिनेटमै विमानस्थलमै सुरक्षित अवतरण गराइएको थियो ।