४ असार २०८३, बिहीबार
,
Latest
रासायनिक मलमा कालोबजारी नियन्त्रण गर्न पहल स्वास्थ्य बिमाको पुनःसंरचनाका लागि तयारी सुरु गण्डकी प्रदेशसभाः बजेटमाथि छलफल सुरु फोटोपत्रकार वन्त ‘कर्पोरेट फोटोग्राफी एक्सीलेन्स अवार्ड’बाट सम्मानित संविधान संशोधन बहसपत्र तयारी कार्यदलद्वारा पूर्वप्रधानमन्त्री डा भट्टराईसँग छलफल सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैनः अर्थमन्त्री डा वाग्ले नेपाली चिया निर्यातको अवरोध हटाउन पहल गर्न परराष्ट्रमन्त्रीलाई महासंघको आग्रह मौरीपालक किसानलाई प्रविधिका सामग्री वितरण प्रधानमन्त्रीको जवाफ अर्थमन्त्रीमार्फत: एमालेको प्रश्न-औपचारिक जिम्मेवारी हस्तान्तरण भयो? सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारीः तेस्रो दिन सुवास शिर्ष स्थानमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पत्रकार महासङ्घ काठमाडौँलाई तीन लाख सहयोग



अ+ अ-

काठमाडौं । दिवङ्गत पत्रकार एमडी कुलुङको परिवारले नेपाल पत्रकार महासङ्घ, काठमाडौँ शाखालाई रु तीन लाख सहयोग गरेको छ ।

विभिन्न देशमा रहेका नेपालीबाट आर्थिक सहयोग सङ्कलन गरी दिवङ्गत पत्रकार मुलुङको नामबाट महासङ्घलाई चेक हस्तान्तरण गरिएको पत्रकार महासङ्घ काठमाडौँ शाखाका अध्यक्ष सूर्य सुवेदीले जानकारी दिनुभयो ।

सो रकम अक्षय कोषमा राखी एमडी कुलुङ स्मृति पत्रकारिता पुरस्कार नामकरण गरी वार्षिक तीन पत्रकार (एक फोटो पत्रकार र दुई खोजमूलक पत्रकारिता गर्ने पत्रकार)लाई हरेक वर्ष पुरस्कार वितरण गरिने उहाँले बताउनुभयो ।

निश्चित मापदण्ड बनाएर निष्पक्षरुपमा पुरस्कार प्रदान गरिने अध्यक्ष सुवेदीले जानकारी दिनुभयो । दिवङ्गत पत्रकार कुलुङकी श्रीमती विष्णुकुमारी लिम्बू, पूर्वविद्यार्थी नेता थोमस बाँस्तोला र महासङ्घ काठमाडौँ शाखाका पूर्वसचिव भुपराज खड्काको सक्रियतामा सो रकम सङ्कलन गरिएको हो ।