• ८ आश्विन २०८०, सोमबार
  •      Mon Sep 25 2023
  •   Unicode
Logo
Latest
★   गैँडा मार्ने मुद्दाका फरार प्रतिवादी २५ वर्षपछि पक्राउ ★   सडक व्यापार व्यवस्थापनका लागि काठमाडौं महानगरपालिकालाई दबाब दिन मिल्दैन: सुनिता डंगोल ★   भोलिबाट इन्द्रजात्रा शुरु हुने, २० जना विदेशी पाहुना आउने ★   कोशी प्रदेश: मुख्यमन्त्री कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै ★   कोशी प्रदेश : मुख्यमन्त्री कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै ★   सडकमै सुतेर शिक्षकहरुले गरे आन्दोलन– तस्बिरहरु ★   धावक बैकुण्ठ मानन्धरलाई १५ हजार राशीसहितको ‘उज्ज्वल तारा खेल सम्मान-२०८०’ प्रदान गरिने ★   कुलेश्वरमा ७० हजार किलो चिनी भण्डारण गरिएको गोदाम सिल ★   माल्दिभ्सविरूद्ध नेपाललाई २-० को अग्रता ★   गलकोटको पहिचान बन्दै ‘मूर्तिकला क्षेत्र’

एमसीसी आर्थिक सहयोगको परियोजना हुनुपर्छ – नेपाल



कैलाली । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले  मिलेनियम च्यालेञ्ज कर्पोरेशन कम्प्याक्ट (एमसीसी) परियोजनालाई नेपाल र नेपाली जनताको हितलाई ध्यानमा राखेर अगाडि बढाउनुपर्ने  बताउनुभएको छ ।

समाजवादी प्रेस सङ्गठन नेपाल कैलालीद्वारा आज धनगढीमा  आयोजित  पत्रकार सम्मेलनमा उहाँले  अहिले एमसीसीको सन्दर्भमा उठिरहेको विषय परियोजनाको जग्गाको स्वामित्व  र यसमा नेपालीको रोजगारीको कुरा सुनिश्चित हुनुपर्ने रहेको उल्लेख गर्नुभयो  ।

“यसबाट प्राप्त हुने मौद्रिक सम्पत्ति र सम्पदामा नेपालको हक  सुरक्षित हुनुपर्दछ”, उहाँले भन्नुभयो, “परियोजना विशुद्ध आर्थिक सहयोगको परियोजना हुनुपर्छ । परियोजना भनेको खासगरी अनुदानसँग जोडिएको छ भने त्यो अनुदान हुनुपर्दछ । ” अध्यक्ष नेपालले आफ्नो पार्टीले  यथास्थितिमा नै एमसिसी सम्झौतालाई अनुमोदन गर्न नसक्ने  स्पष्ट पार्नुभयो । रासस