१७ असार २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुम्बिनीमा मन्त्रिपरिषद हेरफेर तथा कार्यविभाजन, कसले के जिम्मेवारी पाए ?



अ+ अ-

बुटवल । लुम्बिनी प्रदेशको मन्त्रिपरिषदमा हेरफेर तथा कार्यविभाजन गरिएको छ ।

मुख्यमन्त्री कुलप्रसाद केसीको सिफारिसमा साउन २८ मा गठित मन्त्रिपरिषदमा प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १६८ को उपधारा ९ अनुसार हेरफेर र कार्य विभाजन गरेका हुन् ।

यसअघि ग्रामीण तथा शहरी विकास मन्त्री रहेका डिल्लीबहादुर चौधरीलाई पर्यटन समेत थपेर पर्यटन, ग्रामीण मन्त्रालयको जिम्मेवारी दिइएको प्रदेश प्रमुख कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यस्तै सरकारका प्रवक्ता समेत रहेका आर्थिक मामिला मन्त्री कृष्णध्वज खड्कालाई सहकारी मन्त्रालयको समेत थप जिम्मेवारी दिइएको छ ।

यसअघि विना विभागीय मन्त्री बनेका अजयबहादुर शाहीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी पाएका छन् ।