५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा

श्रीलङ्कामा खाद्यान्नको सङ्कट छैनः श्रीलका

श्रीलङ्कामा खाद्यान्नको सङ्कट छैनः श्रीलका
अ+ अ-

कोलोम्बो । श्रीलङ्कामा खाद्यान्नको सङ्कट भएको भनी प्रकाशित समाचारहरुप्रति यहाँको सरकारले खण्डन गरेको छ । श्रीलङ्काली सरकारले यहाँ खाद्यान्नको आपूर्ति नभएको र यहाँ अहिले नै खाद्य सङ्कटकालको घोषणा गर्नुपर्ने अवस्था पनि नरहेको बताएको हो । 

हालै मात्र यहाँका केही सञ्चारमाध्यमले यहाँ खाद्यान्नको अभाव भएको र श्रीलङ्काली सरकारले यहाँ खाद्य सङ्कट घोषणा गर्न लागेको बताएका थिए । तर पनि त्यस्तो अवस्था नरहेको यहाँको सरकारले जनाएको छ । यहाँका बजार तथा उद्योग विकासमन्त्री अजित निब्रद काबरालले यहाँ त्यस्तो अवस्था नरहेको र यस्तो घोषणा गर्नुपर्ने अवस्था पनि नआएको बताएका छन् । 

उनले हाल यहाँ श्रीलङ्कामा नै उत्पादित चिनी र चामल उपलब्ध रहेको र यहाँको बजारमा कुनै पनि खाद्यान्नको अभाव भएको भनी कुनै रिपोर्ट सरकारलाई नआएको बताए ।