१७ असार २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्वत पहिरो अपडेटः ज्यान गुमाउनेको संख्या १० पुग्यो



अ+ अ-

पोखरा । पर्वतको विभिन्न स्थानमा शुक्रबार बिहान गएको पहिरोमा परेर ज्यान गुमाउनेको संख्या १० पुगेको छ । 

पहिरोमा परी एकै परिवारका ५ जनाको मृत्यु भएको छ भने एक वृद्धा बेपत्ता भएकी छिन् ।

कुश्मा नगरपालिका–३ दुर्लुङमा गएको पहिरोले माधव शर्माको घर पुरिँदा परिवारकै ५ जनाको मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । 

उनकी ७५ वर्षकी आमा कौशिला पौडेल, श्रीमती ३५ वर्षकी भगवती, दुई छोरीहरु १६ वर्षकी बिमला र ११ वर्षकी विनिता र ९ वर्षीय छोरा विनोदको मृत्यु भएको बताइएको छ । 

यस्तै जिल्लाकै कुश्मा–११ सिल्मीमा मनिलाल पौडेलको घरमा पहिरो आउँदा पाहुना आएकी पर्वतकै मोदी गाउँपालिका–७ की ३८ वर्षीया दुर्गा पौडेल र उनका ६ वर्षीय छोरा गणेशको पनि मृत्यु भएको छ ।