२१ आश्विन २०८१, सोमबार
,
Latest
बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६ हमास आक्रमणको एक बर्ष: युद्धविराम र बन्धकको रिहाइका लागि विश्व समुदायको दवाव प्रधानमन्त्री ओलीद्वारा विद्युतको क्षमता विस्तार र खपत वृद्धिको कार्ययोजनामाथि छलफल खप्तडमा नेपाली सेनाद्वारा सञ्चालित स्वास्थ्य सेवाबाट बिरामीलाई राहत भाउ सस्तिएपछि च्याङ्ग्राको व्यापार बढ्यो म्याग्दीमा अकबरे खुर्सानीको व्यावसायिक खेती पहिलो अन्नपूर्ण प्रथम हिमाल आरोही मौरिस हर्जोगका छोरालाई सम्मान राष्ट्रपतिसमक्ष मुस्लिम आयोगको प्रतिवेदन पेस सिन्धुलीमा बस दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु सनथ जयसूर्या श्रीलंकाको मुख्य प्रशिक्षकमा नियुक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्व स्वास्थ्य संगठन दक्षिण—पूर्वी एशिया क्षेत्रका स्वास्थ्य मन्त्रीहरू स्वास्थ्य सेवाको पुनर्निर्माणका विषयमा छलफल गर्दै



अ+ अ-

काठमाडौं । विश्व स्वास्थ्य संगठन दक्षिण—पूर्वी एशिया क्षेत्रका मन्त्रीहरूले आगामी साता गर्ने छलफलमा विद्यमान महामारी तथा स्वास्थ्यमा सर्वव्यापी पहुँच हासिल गर्नका लागि अत्यावश्यक स्वास्थ्य सेवाहरूको ‘अझ राम्रो पुनर्निर्माण’का उपायहरूले विशेष स्थान पाउने भएका छन् । 

विश्व स्वास्थ्य संगठनको दक्षिण—पूर्वी एशियाको चौहत्तरौं सत्र, विश्व स्वास्थ्य संगठनको क्षेत्रीय कार्यकारी समितिको वार्षिक बैठक नेपालमा भदौ २१ देखि २५ सम्म आयोजना हुँदैछ । उक्त बैठकमा विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. ट्रेडोस अधानम घेब्रेयेसस, क्षेत्रीय निर्देशक डा. पुनम खेत्रपाल सिंह, क्षेत्रका सदस्य मुलुकका स्वास्थ्य मन्त्री तथा स्वास्थ्य अधिकारीहरू, संयुक्त राष्ट्र सङ्घका निकाय, साझेदार, दातृ निकाय तथा नागरिक समाजका प्रतिनिधिहरूको उपस्थिति रहनेछ । 

महामारीले पैदा गरेको जोखिमलाई मध्यनजर गर्दै लगातार दोस्रो पटक भर्चुअल माध्यमबाट आयोजना हुन लागेको उक्त वार्षिक बैठकमा सार्वजनिक स्वास्थ्य आपतकालको पूर्वतयारी तथा प्रतिकार्यको सुदृढीकरण, नसर्ने रोगहरूको रोकथाम तथा नियन्त्रणको प्रगतिलाई थप गति दिने, र भाइरल हेपाटाइटिस, एचआइभी र यौन रोगहरूको उन्मूलनलगायतका विषयहरूमा छलफल हुनेछ । 

स्वास्थ्यमा सर्वव्यापी पहुँचको प्रगतिको अनुगमन, विद्यालय स्वास्थ्यको पुनरुत्थान र खोपद्वारा रोकथाम गर्न सकिने रोगहरूका लागि खोप कार्य योजनाका लागि क्षेत्रीय कार्यढाँचाका बारेमा पनि उक्त बैठकमा छलफल हुनेछ । 

बैठकले यसभन्दा अगाडि आयोजना गरिएका बैठकहरूमा अनुमोदन गरिएका प्रावधानहरूमा भएका प्रगतिको लेखाजोखा गर्नेछ । सन् २०२३ सम्ममा दादुरा र रुबेला उन्मूलन गर्ने, स्वास्थ्य सामग्रीमा पहुँच बढाउने, दक्षिण-पूर्वी एशिया क्षेत्रीय स्वास्थ्य आपतकालीन कोष र प्राथमिक स्वास्थ्य चौकीको स्तरमा नसर्ने रोगहरूको लागि हुने सेवा प्रवाहलाई थप गति दिन स्वास्थ्य प्रणालीहरूको सुदृढीकरण जस्ता विषयहरू पनि उक्त बैठकमा उठान हुनसक्ने छन् ।

विद्यमान महामारीलाई सम्बोधन गर्ने क्रममा यस क्षेत्रमा भएका मुलुकहरूले आठ मुख्य प्राथमिकतामा पनि आफ्नो प्रयासलाई जारी राखेका छन् । सन् २०२३ सम्ममा दादुरा र रुबेला उन्मूलन गर्ने, बहुक्षेत्रीय नीति तथा योजनाहरूबाट नसर्ने रोगहरूको सम्बोधन गर्ने, मातृ, नवजात शिशु तथा पाँच वर्षमुनिका बालबालिकाको मृत्युदरको न्यूनीकरणलाई गति दिने, स्वास्थ्यमा सर्वव्यापी पहुँचलाई अघि बढाउने, एन्टिमाइक्रोबियल प्रतिरोधलाई उल्ट्याउने, आपतकालीन जोखिम व्यवस्थापन क्षमता बढाउने र उपेक्षा गरिएका उष्णदेशीय रोग र क्षयरोगको उन्मूलन गर्ने । 

विश्व जनसङ्ख्याको एक चौथाइ जनसङ्ख्या बसोवास गर्ने यस क्षेत्रले प्राथमिकता प्राप्त कार्यक्रमहरूमा भएका प्रगतिलाई दिगो बनाइरहेको छ । विश्व स्वास्थ्य संगठन दक्षिण—पूर्वी एशिया क्षेत्रले सन् २०१४ मा पोलियो उन्मूलन गरेको थियो र सन् २०१६ मा मातृ तथा नवजात शिशुमा हुने धनुष्टङ्कार रोगको उन्मूलन गरेको थियो । माल्दिभ्स र श्रीलङ्काले दादुरा र रुबेला दुवै रोगहरू उन्मूलन गरेका छन् भने भुटान, दक्षिण कोरिया र टिमोर-लेट्से दादुरा उन्मूलन गर्न सफल भएका छन् । नेपाल र म्यानमारले ट्राकोमा उन्मूलन गरेका छन् । भारत यास रोगमुक्त भएको छ । थाइलेण्ड, श्रीलङ्का र माल्दिभ्सले आमाबाट बच्चामा सर्ने एचआइभी र भिरीङ्गी (सिफिलिस)को उन्मूलन गरेको छन् । बङ्गलादेश, भुटान, नेपाल र थाइलेण्डले हेपाटाइटिस बीलाई नियन्त्रण गरेका छन् ।