२१ आश्विन २०८१, सोमबार
,
Latest
बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६ हमास आक्रमणको एक बर्ष: युद्धविराम र बन्धकको रिहाइका लागि विश्व समुदायको दवाव प्रधानमन्त्री ओलीद्वारा विद्युतको क्षमता विस्तार र खपत वृद्धिको कार्ययोजनामाथि छलफल खप्तडमा नेपाली सेनाद्वारा सञ्चालित स्वास्थ्य सेवाबाट बिरामीलाई राहत भाउ सस्तिएपछि च्याङ्ग्राको व्यापार बढ्यो म्याग्दीमा अकबरे खुर्सानीको व्यावसायिक खेती पहिलो अन्नपूर्ण प्रथम हिमाल आरोही मौरिस हर्जोगका छोरालाई सम्मान राष्ट्रपतिसमक्ष मुस्लिम आयोगको प्रतिवेदन पेस सिन्धुलीमा बस दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु सनथ जयसूर्या श्रीलंकाको मुख्य प्रशिक्षकमा नियुक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘समाजवादी प्रवेशका लागि जबज बाहेक अन्य कुनै सर्त छैन’ – वामदेव गौतमको सचिवालय



अ+ अ-

काठमाडौं । नेकपा एमाले उपाध्यक्ष वामदेव गौतमले माधव कुमार नेपाल अध्यक्ष रहेको नेकपा (एकीकृत समाजवादी) प्रवेश गर्न जनताको बहुदलीय जनवाद (जबज) पनि रहनुपर्छ भन्ने बाहेक अरु कुनै सर्त नराखेको उनको सचिवालयले जनाएको छ ।

उनको सचिवालयले विज्ञप्ति जारी गर्दै भनेको छ,
‘माधव कुमार नेपालको अध्यक्षतामा रहेको नेकपा एकीकृत समाजवादी पार्टीमा हामी प्रवेश गर्नका लागि मार्गदर्शक सिद्धान्त मार्क्सवाद–लेनिनवादका साथै जनताको बहुदलीय जनवाद पनि रहनुपर्छ भन्ने एक मात्र शर्त बाहेक अरु कुनै शर्त वामदेव गौतमले राख्नु भएको छैन, अन्य सबै प्रकारका प्रचारवाजीहरु गलत भएको जानकारी गराइन्छ।’