२१ आश्विन २०८१, सोमबार
,
Latest
बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६ हमास आक्रमणको एक बर्ष: युद्धविराम र बन्धकको रिहाइका लागि विश्व समुदायको दवाव प्रधानमन्त्री ओलीद्वारा विद्युतको क्षमता विस्तार र खपत वृद्धिको कार्ययोजनामाथि छलफल खप्तडमा नेपाली सेनाद्वारा सञ्चालित स्वास्थ्य सेवाबाट बिरामीलाई राहत भाउ सस्तिएपछि च्याङ्ग्राको व्यापार बढ्यो म्याग्दीमा अकबरे खुर्सानीको व्यावसायिक खेती पहिलो अन्नपूर्ण प्रथम हिमाल आरोही मौरिस हर्जोगका छोरालाई सम्मान राष्ट्रपतिसमक्ष मुस्लिम आयोगको प्रतिवेदन पेस सिन्धुलीमा बस दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु सनथ जयसूर्या श्रीलंकाको मुख्य प्रशिक्षकमा नियुक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ



अ+ अ-

धादिङ । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी ज्वालामुखी गाउँपालिका-५ खरी बस्ने ५३ वर्षीय यम बहादुर राना मगरलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला अदालत धादिङको २०७७ मंसिर १ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा १९ वर्ष ७ महिना ६ दिन कैद सजाय भई फरार रहेका उनलाई प्रहरी चौकी साधभञ्ज्याङबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । 

२०६१ कात्तिक १२ गते बेलुका खरीस्थित यम बहादुर बिकको घरमा बसिरहेको अवस्थामा लुद्र बहादुर फ्याली मगरलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको घटनामा अदालतले उक्त कैद सजाय गरेको थियो । 

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत धादिङमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।