३० कार्तिक २०८१, शुक्रबार
,
Latest
अतिक्रमित संरचना हटाउने क्रममा अवरोध गरेपछि सुमन सायमिसहित ४ जना पक्राउ ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार एमाले जनताको रोजाइको पार्टी – महासचिव पोखरेल समाजलाई अराजकता र निरंकुशतातिर फर्काउने कसरत भइरहेको छः अध्यक्ष दाहाल प्याजका बिरुवा बेचेर रु डेढ लाख कमाइ लमजुङमा जगत तातोपानीकुण्ड महोत्सव सम्पन्न बेडरुमसँग सम्बन्धित वास्तु दोषका कारण पति–पत्नीबीच झगडा बढ्न सक्छ ! नर्सरीबाट एक मौसममा रु डेढ लाख कमाइ सात चिनियाँ गाउँलाई राष्ट्रसङ्घीय उत्कृष्ट पर्यटन गाउँको पुरस्कार रवि लामिछानेलाई भैरहवाबाट पोखरा लगियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतितोला ८०० रुपैँयाले बढ्यो सुनको मूल्य



अ+ अ-

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु ८०० ले बढेर रु ९४ हजार ८०० पुगेको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९४ हजारमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९४ हजार ३०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९३ हजार ५०० थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु ३० ले बढेर रु एक हजार १८५ तोकिएकोे छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।