१९ भाद्र २०८३, शुक्रबार
,
Latest
माथिल्लो त्रिशूली–१, चिलिमे र रसुवागढी जलविद्युत् आयोजनामा खोज, उद्धार तीव्र रेडक्रसको ६४औँ स्थापना दिवस मनाइँदै, भोटेकोशी बाढीमा पाँच हजार स्वयंसेवक परिचालन सुनचाँदीको मूल्यमा वृद्धि १० दिनपछि उद्धार भएका सञ्जय साह भन्छन्– ‘सुरुङभित्र अझै मानिस हुन सक्छन्’ त्रिशूली–३ ‘ए’ आयोजनाबाट उद्धार गरिएका दुईमध्ये एकको अवस्था जटिल सङ्खुवासभाम शिक्षकको हत्या नेपालले जलवायु न्याय खोज्ने अन्तर्राष्ट्रिय प्लाटफर्म कस्ता छन्ः यसो भन्नुहुन्छ जलवायु वित्त विज्ञ राजु पण्डित… कृष्णभीरमा पृथ्वीराजमार्गको नयाँ ट्रयाक खोल्न थालियो गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै जलवायु सङ्कटसँग जुध्न विकासशील मुलुकलाई थप वित्तीय तथा प्राविधिक सहयोग आवश्यकः एलडिसी
तपाईं के खोज्दै हुनुहुन्छ ?

काभ्रेमा कोरोना सङ्क्रमणदर शून्यमा झर्दै



अ+ अ-

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको सात स्थानीय तह कोरोना सङ्क्रमण मुक्त भएका छन् । दुई नगरपालिका र पाँच गाउँपालिका कोरोना सङ्क्रमण मुक्त भएपछिको पछिल्लो दुई दिनदेखि थप सङ्क्रमीत देखिएको छैन । 

कोरोना सङ्क्रमण मुक्त हुनेमा नमोबुद्ध र मण्डनदेउपुर नगरपालिका तथा तेमाल, खानीखोला, बेथानचोक, महाभारत र चौंदेउराली गाउँपालिका रहेका छन् । पाँचखाल नगर र भुम्लु गाउँपालिकामा एक-एक सक्रिय सङ्क्रमित रहेको जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचार केन्द्र (डिसिसिएमसी)ले जनाएको छ । 
    
केन्द्रका अनुसार पछिल्लो दुई दिनदेखि जिल्लामा थप सङ्क्रमण नपाइएको र  बिहीबार १३ जना सङ्क्रमण मुक्त भएका हुन् । जिल्लामा छ नगरपालिका र सात गाउँपालिका छन् । जिल्लामा हाल १६ सक्रिय सङ्क्रमितमध्ये धुलिखेल नगरमा छ, बनेपामा दुई, पनौतीमा चार र रोशी गाउँपालिकामा चार सङ्क्रमित रहेको पाइएको र यसअघिका केही दिनसम्म सङ्क्रमणदरभन्दा सङ्क्रमण मुक्तदर अधिक रहेको केन्द्रको तथ्याङ्कले देखाएको थियो । 

जिल्लामा हालसम्म १७ हजार ५५० मा सङ्क्रमण देखिएकामा १९५ को मृत्यु भएको छ । कोरोना सङ्क्रमणको तेस्रो लहरमा जिल्लामा एक पुरुषको मृत्यु भएको थियो । हालसम्म कूल सङ्क्रमितमध्ये ९८ दशमलब ७९ प्रतिशत अर्थात् १७ हजार ३३९ सङ्क्रमण मुक्त भइसकेका छन् । रासस