२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar महङ्गीले खर्चिलो बन्दैछ दसैँ News Polar विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान News Polar संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद् सदस्यमा नेपाल सर्वाधिक मतसहित निर्वाचित News Polar महाकाली नदीमा बेपत्ता सशस्त्र प्रहरीका असई थारुको शव पाँच दिनपछि फेला News Polar जापानको पीआर त्यागेको प्रस्तावित राजदूत थापाको दाबी, स्वार्थ बाझिने काम नगर्ने प्रतिबद्धता News Polar पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला News Polar जापानका लागि प्रश्तावित राजदुत थापामाथि संसदीय समितिमा प्रश्नको वर्षाः पीआर त्याग र स्वार्थको द्वन्द्वबारे सांसदहरूको आपत्ति News Polar भदौसम्म वाणिज्य बैंकले कमाए १७ अर्ब बढी नाफा, नबिल बैंक पहिलो स्थानमा News Polar ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्रमा ६ महिनाको प्रगति सार्वजनिक, १ हजार ३०० हेक्टर जमिनमा सिँचाइ विस्तार News Polar प्रधानमन्त्री शाहबाट पलाञ्चोक भगवतीको दर्शन News Polar चाडपर्व लक्षित सुरक्षाः सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन News Polar एक लाख ३० हजार १२९ यात्रुले लिए दसैँका लागि अग्रिम टिकट News Polar कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छ : कांग्रेस महामन्त्री राणा News Polar जापानसँग उच्चस्तरीय भ्रमणको पहल गर्छु : प्रस्तावित राजदूत थापा News Polar सम्यक महादानको तयारी तीव्र, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar कांग्रेसको दलिततर्फ प्रकाश रसाईली स्नेही अगाडि, दलित महिलामा सीता मिजार र खुलामा डा. डिबी सुनारको अग्रता News Polar म आरक्षणको विरोधी हो, योग्यताका आधारमा सिफारिस भएकी हुँः मञ्चलाकुमारी झा News Polar ४७ प्रकारका इम्युनोसप्रेसेन्ट औषधिको उत्पादन तथा पैठारी अनुमति खारेज News Polar मलेसियाका लागि प्रस्तावित राजदूत खरेलमाथि आर्थिक अनियमितता र स्वार्थको द्वन्द्वको आरोप News Polar मलेसियाका लागि प्रश्तावित राजदुत खरेलको सुनुवाईमा प्रश्नः संसदीय समितिले प्रक्रिया रोकेर अध्ययन थाल्यो

ओरगानी

ओरगानी
अ अ+ अ-

ओरगानी ।

अर्थात्‌ प्रचण्ड उसलाई ‘ओरगानी’ भनेर बोलाउँछ । र ऊ प्रचण्डलाई आन्तरिक गहिराइदेखि नै ‘सदुवा’ भन्न चाहन्छे । (…तर बाहिर:भन्न डराउँछे र बाबु’ भन्छे।)

ओरगानी । अर्थात्‌ उसको वास्तविक नाम बिन्दु’ हो।

ओरगानी ! यो त्यस बेलाको कुरा हो; जुन बेला प्रचण्डले जीवनका १८ वटा वसन्तहरूलाई भाँचिसकेको थियो र बिन्दुलाई ‘ओरगानी’ अर्थात्‌ कमारी बनाएको थियो । त्यही बेलाको कुरा हो; जुन बेला बिन्दुको शरीरमा १४ वटा शिशिरका कुर्कुच्चाहरूले टेकिसकेका थिए ।

प्रचण्डको बाबुले बिन्दुकी आमालाई पनि यसरी नै ओरगानी बनाएको थियो ।

३० वर्षीय उमेरमा जुन बेला बिन्दुकी आमाको शरीर १३ वर्षीय छालाका कलिला बोक्राहरूले ढाकिएको थियो ।

बिन्दुकी आमाको विवाह भएको छैन । बिन्दु येशुखीष्टजस्तै कुमारी आमाको गर्भबाट अनायासै जन्मिन पुगी । … सायद प्रचण्डलाई जन्माउने बाबु नै बिन्दुको बाबु हुन सक्छ।

बिन्दुकी आमा गर्भवती हुनासाथ प्रचण्डको बाउले उसलाई एउटा सोझो चौधरीसँग बात लगाइदिएको थियो । आफ्नी ओरगानीमाथि हातपात गरेको आरोपमा पैसासमेत तिराएको थियो । बिन्दुकी आमाद्वारा आफूलाई ‘सदुवा’ (लोग्ने) भन्ने मौका दिएको थिएन । त्यसको बदलामा उसलाई एक बिगाहा जमीन दिएको थियो ।

प्रचण्ड अहिले ३० वर्षको हुनुको अर्थ बिन्दु २६ वर्षकी हुनु हो ।

उमेरसँगै बिन्दुका आयुहरू झुन्डिएका छन्‌ । आयुका हाँगाहरू लाठिएका छन्‌ ।

भाग्य भनूँ या दुर्भाग्य भनूँ – बिन्दुका कुनै सन्तान छैनन्‌ । सिन्दूर र सुहागरात छैन । पतिको अँगालो र प्रेमका स्वादहरू छैनन्‌ । वैवाहिक जीवनका रहरलाग्दा उन्मादहरू छैनन्‌ । उसकी आमाले जस्तै अहिलेसम्म कुनै परपुरुषसँगको सम्बन्धका बारेमा समाजमा उभिनुपरेको छैन । एक बिगाहा जमीन लिएर उसले छोरी पाल्नुपरेको छैन ।

प्रचण्डले तीनवटी आइमाईलाई पिएको छु – आफ्नो यौवनको तातो कचौरामा राखेर । एउटीलाई उसले सिन्दूरको लहराले तानेर घरमा भित्र्याएको थियो – जसलाई उ सरला भन्ने गर्छ । सरला बिन्दुभन्दा राम्री भए पनि, शील-स्वभावसम्पन्न भए पनि उ उसलाई माया गर्दैन । उसँग चाँडो रिसाउँछ र घृणाको सुइराहरूले यसको मर्म-मर्ममा घोचेर बिन्दुको गाउँ अर्थात्‌ आफ्नो मौजातिर लाग्छ ।

अनि अर्की आइमाई छे – जो राजधानीमा बस्छे । अरूले उसलाई मीना भन्छन्‌, तर प्रचण्ड उसलाई देख्नासाथ ‘मीन्‌’ भनेर उत्तेजित बन्छ । मीनाको विषयमा प्रचण्डका बाबुआमालाई केही थाहा छैन तर बिन्दुको बारेमा उनीहरूलाई सबै थाहा छ । यसलाई उनीहरू छोराको अधिकार सम्झन्छन्‌ ।

प्रचण्डको सानो भूलमा पनि मीना उसको सातो लिन्छे । यसैले मीनासँग उ डराउँछ । मीना त्यति राम्री नभए पनि शृङ्गारमा अति सौखिन छे । वर्षका नब्बे प्रतिशत दिनहरू प्रचण्ड राजधानीमा मीनासँग बिताउँछ । प्रचण्डको आम्दानीमाथि ‘मीनाको अधिकार छ । गाउँमा थुप्रै मौजा भएकोले उसले राजधानीमा आर्जन गरेको रूपैयाँसँग उसका आमाबाबु कुनै सरोकार राख्दैनन्‌ ।

एकपटक प्रचण्डले सरलालाई लिएर राजधानी जाँदा मीना ज्वालामुखी पर्वतको भयानक ‘क्रेटर’ जस्ती बनी । मुखबाट आगो ओकल्दै दुई महिनासम्म बाहिर कतै गएर बसी। मीनाको क्रोधका लाभाहरूलाई चिसो पार्न उसले आफूलाई धेरैचोटि हिउँ बनाउनु पर्थ्यो ।

सरलालाई लिएर मौजा त उ धेरैचोटि गैसकेको छ । त्यतिखेर बिन्दुले सरलालाई मालिक्नी भनेर खुट्टा ढोगिदिने गरेकी छे, राति खुट्टामा तेल लगाइदिने गरेकी छे । बिन्दुले राजधानी – एउटा महानगर र निरीह गाउँको बीचमा एउटा कहालीलाग्दो पृथकृता जन्माइदिएकी छे । यसको बदलामा प्रचण्ड उसलाई बेलाबेलामा २०-३० रूपियाँ दिने गर्छ।

बिन्दु अहिलेसम्म किन गर्भवती भइन ? आजभोलि प्रचण्डलाई यही कुराले पिरोलेको छ । उसले आफ्नो शारीरिक स्थितिको बारेमा धेरैचोटि प्रश्न गर्यो, तर आफूमा कनै दुर्बलता भेटेन । उसले बिन्दुको बाबुलाई हप्कायो र यदि बिन्दुले कुनै सन्तान जन्माइन भने अर्की ‘ओरगानी’ राख्ने धम्की दियो । फकायो पनि बिन्दुको नाममा दुई बिगाहा जमीन दिन्छु भनेर । तर परिस्थिति प्रचण्डको पक्षमा कहिल्यै गएन – जाँदै गएन । उसले एक रात बिन्दुलाई फकाउँदै उसको नाममा चार बिगाहा जमीन दिने वाचासमेत गर्यो । बिन्दु बोल्दै बोलिन, केवल उसको गोडा मिचिरही ।

केही नलागेपछि प्रचण्ड सहर (नेपालगञ्ज) फर्कियो र घरमा आएर सोच्न थाल्यो र उसको सोचाइले अब मौजामा गएर अर्की ‘ओरगानी’ राख्ने नतिजा निकाल्यो ।

भोलिपल्टै ऊ फेरि मौजातिर लाग्यो । बौलाएको हुरीजस्तै बनेर बिन्दुको घरभित्र पस्यो र ‘बिन्दु खोइ’ भनेर उसको बाबुलाई सोध्यो ।

उ बोल्दै बोलेन, प्रचण्डले फेरि सोध्यो – ढुङ्गो बोल्ला, तर उ बोलेन । प्रचण्डको प्रश्नको जवाफ उसले आँसुले दियो । प्रचण्डले प्रश्न बदल्यो – के भयो बिन्दुलाई ? उसको बाबुले उत्तर दिएन – उत्तर दिनै सकेन ।

‘कहाँ भगाइस्‌ आफ्नी छोरीलाई ?’ प्रचण्ड कठोर बन्यो । ऊ अझै बोलेन । ‘कोसँग लगाइदिइस्‌ ?’ प्रचण्डले पुन: प्रश्नमाथि प्रश्न गर्दैगयो – ‘कहाँ गई? त्यो कहाँ गई… ?’ ‘बिन्दु आज बिहानैदेखि घरमा छैन मालिक ।’ उसले कामेको स्वरमा जवाफ दियो। प्रचण्ड त्यहाँबाट घाइते सिंहजस्तो बनेर नेपालगञ्ज फर्कियो । घरमा आएर उसले आफ्नी ओरगानी लैजाने व्यक्तिलाई रकम तिराउन नाम खाली राखेर कागज तयार पार्यो र त्यसलाई खल्तीमा राखेर घरमा कसैसँग नबोली ऊ गगनगञ्ज (देहव्यापार-केन्द्र) तिर लाग्यो।

 दलालले थुप्रै रक्सी पियो प्रचण्डको तर्फबाट । प्रचण्ड दलाल खुसी पारेर आजको लागि एउटी तरुनी आइमाई लिन चाहन्थ्यो ।

चाहेमुताबिक पिउन पाउँदा दलालले साह्रै खुसी भएर भन्यो ‘बाबूसाहेब यो कम्तिया अरूको नमक खाएपछि नमकहरामी गर्दैन । आज बिहान मात्रै गाउँबाट आएकी, अहिले त्यसलाई मैले मेरै घरमा लुकाएर राखेको छु। अघिपछिको भन्दा पाँच गुना बढी पैसा चाहिन्छ, अनि मात्र त्यसलाई हजूरको जिम्मा लगाउँछु नत्र त हुँदैन । अहिले भर्खर इनिस्पेक्टर आउँदा त मैले त्यसलाई देखाइन तिनीहरू पैसै दिँदैनन्‌ सालाहरू ।’

प्रचण्डले खल्तीबाट सयको नोट निकालेर दलालको हातमा राखिदियो । दलाल लरखराउँदै आफ्नो घरतिर लाग्यो । प्रचण्ड पनि उसको पछिपछि लाग्यो । खल्तीबाट साँचो निकालेर कोठाको ढोका खोलेपछि दलाल अर्कै कोठातिर प्रस्थान गर्थयो । तृषित आँखा र उत्तेजित मन बोकेर प्रचण्डले आफ्नो थाकेको शरीरलाई कोठाभित्र पसायो । कोठाको एउटा कुनामा मैलो ओढ्ने ओढेर मुख छोपेर बसेकी एउटी केटीको देहमाथि उसका आँखाहरू चिप्लिन. थाले । प्रचण्ड बिरालोझैँ उसको नजिकै पुग्यो र मैलो ओढ्ने हटायो । ऊ अचम्मसँग झस्कियो – ‘ओरगानी !’ …

केही बेरपछि उ बौलाहाजस्तो बनेर बिन्दु अर्थात्‌ ओरगानीलाई पार्न थाल्यो ओरगानी कुनै प्रतिक्रिया व्यत्त नगरी चुपचाप बसीरही । घरमा लेखेको कागज खल्तीबाट निकालेर प्रचण्डले धुजाधुजा पार्यो र वितिल खोजीको अन्तिम सरासर फेरि मौजातिर लाग्यो । सायद उसको यो यात्रा अर्कि ओरगानीको खोजीको अन्तिम यात्रा हुनसक्छ ।