२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

संवैधानिक आयोगहरुमा नियुक्ति बिरुद्धको रिटकाे सुनुवाई पुन: स्थगित



अ+ अ-

काठमाडौं । सर्बोच्च अदातलको सबैधानिक ईजलासमा संवैधानिक आयोगहरुमा नियुक्ति भएका ५२ पदाधिकारी नियुक्तिविरुद्धको रिटको सुनुवाइ फेरि स्थगित भएको छ ।

आजबाट निरन्तर सुनुवाई हुने भनिएपनि विपक्षी बनाइएका संवैधानिक निकायका पदाधिकारीका कानून व्यवसायीले प्रश्न उठाएपछि सुनुवाइ स्थगित भएको हो ।

नियुक्ति विरुद्ध २०७७ पुस १ गते रिट दायर भएको थियो । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, अनिलकुमार सिन्हाको सबैधानिक ईजलासमा सुनुवाई सुरु भएपछि बिपक्षी बनाईएका तर्फबाट बहस गर्न उपस्थित भएका कानून व्यवासयीहरुले संवैधानिक नियुक्तिसम्बन्धी मुद्दा अहिले पनि संयुक्त इजलासमा रहेको र तिनलाई पनि संवैधानिक इजलासमा राखेर एकसाथ सुनुवाइ हुनुपर्ने माग राखे ।

उनिहरुको माग पछि सुनुवाइ स्थगित भएको हो । २०७८ मंसिर ३० मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले प्रतिनिधिसभा विघटन भएको अवस्थामा अध्यादेश ल्याएर बिभिन्न सबैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिका लागि सिफारिस भएका थिए ।