२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वस्थ पत्रकारिताबाट मात्रै सुशासन र दिगो विकासको लक्ष्य सम्भव छः मन्त्री कार्की



अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले स्वस्थ पत्रकारिताबाट मात्रै सुशासन र दिगो विकासको लक्ष्य सम्भव रहेको बताउनुभएको छ ।

बुधवार काठमाडौंमा राष्ट्रिय समाचार समितिको नवनिर्मित कार्यालय भवनको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री कार्कीले सुशासन र दिगो विकासको लक्ष्य प्राप्तिका लागि स्वस्थ पत्रकारिताको आवश्यक रहेको बताउनुभएको हो । उहाँले सुशासन र दिगो विकासको लक्ष्य प्राप्त गर्न स्वस्थ, सत्यतथ्य सिर्जनशील र व्यवसायिक पत्रकारिता आजको आवश्यक्ता रहेको बताउनु भयो । मन्त्री कार्कीले सरकार संविधानले परिकल्पना गरेको नागरिकको स्वतन्त्रता अभिव्यक्ति र स्वतन्त्रतालाई संरक्षण र संवद्र्धन गर्न प्रतिवद्ध रहेको बताउनु भयो । उहाँले सरकारले खुला समाज, स्वतन्त्र समाजको निर्माण गरेर दक्षिण एशियामा नै उदाहरणीय मुलुकको रुपमा आफूलाई स्थापित गर्न चाहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘विचार तथा अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता र मिडिया बहुलवादप्रति वर्तमान सरकार प्रतिवद्ध छ । स्वस्थ र सत्यतथ्य, आलोेचनाले प्रजातन्त्रलाई बलियो बनाउँछ भन्ने कुरामा सरकार पूर्ण रुपले सचेत र विश्वस्त छ । सुशासन र दिगो विकासको लक्ष्य प्राप्त गर्न स्वस्थ, सत्यतथ्य सिर्जनशील र व्यवसायिक पत्रकारिता आजको आवश्यक्ता हो । त्यसअनुरुप आजको दिनले हाम्रो नेपाली प्रेस जगतलाई अघि बढाउन सकोस् । यो सरकार संविधानले परिकल्पना गरेको नागरिकको स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रतालाई संरक्षण र संवद्र्धन गर्दै त्यतिमा मात्र सिमित नभएर एउटा खुला समाज, स्वतन्त्र समाजको निर्माण गरेर दक्षिण एशियामा नै उदाहरणीय मुलुकको रुपमा आफूलाई स्थापित गर्न चाहन्छ र त्यस दिशामा सबै मिडिया जगतको सहयोग यो सरकारले प्राप्त गर्ने भन्ने विश्वास छ ।’

मन्त्री कार्कीले विचार तथा अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता र मिडिया बहुलवादप्रति वर्तमान सरकार प्रतिवद्ध रहेको बताउनु भयो । उहाँले स्वस्थ र सत्यतथ्य आलोेचनाले प्रजातन्त्रलाई बलियो बनाउँछ भन्ने कुरामा सरकार पूर्ण रुपले सचेत र विश्वस्त रहेको उल्लेख गर्नुभयो ।