१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar चाडपर्वमा भाडा नबढाउने प्रतिवद्धतासहित व्यवसायीले भनेः सरकारले पेट्रोलियम पदार्थको मूल्य नबढाओस् News Polar चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने News Polar पदमार्ग र पूर्वाधारको विकाससँगै पर्यटकीय गन्तव्य बन्दै भाेजपुरकाे ऐतिहासिक कोटगढी News Polar पहिरोबाट उद्धार गरिएका भन्छन, ‘नयाँ जीवन पायौँ’ News Polar मस्र्याङ्दी नदीमा जलसतह घट्यो, तत्काल चिन्ता गर्नुपर्ने अवस्था छैन : जिल्ला प्रशासन News Polar अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र एआईआईबी अध्यक्ष जियायीबीच दोहामा भेटवार्ता, बाढीपछिको पुनर्निर्माण र पूर्वाधारमा लगानी बढाउन आग्रह News Polar ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ News Polar बेबारिसे अवस्थामा तीन नाल भरुवा बन्दुक फेला News Polar कालीगण्डकीमा जलसतह कम भएसंगै विद्युत् उत्पादन सुरु गर्ने तयारी News Polar घाँसीकुवामा पहिरो खस्दा पृथ्वीराजमार्गमा यातायात सेवा प्रभावित News Polar वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित News Polar एसियाली खेलकुदः आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा News Polar कालीगण्डकी नदीको बहाव हेर्दा.. News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन

स्वस्थ पत्रकारिताबाट मात्रै सुशासन र दिगो विकासको लक्ष्य सम्भव छः मन्त्री कार्की

स्वस्थ पत्रकारिताबाट मात्रै सुशासन र दिगो विकासको लक्ष्य सम्भव छः मन्त्री कार्की
अ अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले स्वस्थ पत्रकारिताबाट मात्रै सुशासन र दिगो विकासको लक्ष्य सम्भव रहेको बताउनुभएको छ ।

बुधवार काठमाडौंमा राष्ट्रिय समाचार समितिको नवनिर्मित कार्यालय भवनको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री कार्कीले सुशासन र दिगो विकासको लक्ष्य प्राप्तिका लागि स्वस्थ पत्रकारिताको आवश्यक रहेको बताउनुभएको हो । उहाँले सुशासन र दिगो विकासको लक्ष्य प्राप्त गर्न स्वस्थ, सत्यतथ्य सिर्जनशील र व्यवसायिक पत्रकारिता आजको आवश्यक्ता रहेको बताउनु भयो । मन्त्री कार्कीले सरकार संविधानले परिकल्पना गरेको नागरिकको स्वतन्त्रता अभिव्यक्ति र स्वतन्त्रतालाई संरक्षण र संवद्र्धन गर्न प्रतिवद्ध रहेको बताउनु भयो । उहाँले सरकारले खुला समाज, स्वतन्त्र समाजको निर्माण गरेर दक्षिण एशियामा नै उदाहरणीय मुलुकको रुपमा आफूलाई स्थापित गर्न चाहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘विचार तथा अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता र मिडिया बहुलवादप्रति वर्तमान सरकार प्रतिवद्ध छ । स्वस्थ र सत्यतथ्य, आलोेचनाले प्रजातन्त्रलाई बलियो बनाउँछ भन्ने कुरामा सरकार पूर्ण रुपले सचेत र विश्वस्त छ । सुशासन र दिगो विकासको लक्ष्य प्राप्त गर्न स्वस्थ, सत्यतथ्य सिर्जनशील र व्यवसायिक पत्रकारिता आजको आवश्यक्ता हो । त्यसअनुरुप आजको दिनले हाम्रो नेपाली प्रेस जगतलाई अघि बढाउन सकोस् । यो सरकार संविधानले परिकल्पना गरेको नागरिकको स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रतालाई संरक्षण र संवद्र्धन गर्दै त्यतिमा मात्र सिमित नभएर एउटा खुला समाज, स्वतन्त्र समाजको निर्माण गरेर दक्षिण एशियामा नै उदाहरणीय मुलुकको रुपमा आफूलाई स्थापित गर्न चाहन्छ र त्यस दिशामा सबै मिडिया जगतको सहयोग यो सरकारले प्राप्त गर्ने भन्ने विश्वास छ ।’

मन्त्री कार्कीले विचार तथा अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता र मिडिया बहुलवादप्रति वर्तमान सरकार प्रतिवद्ध रहेको बताउनु भयो । उहाँले स्वस्थ र सत्यतथ्य आलोेचनाले प्रजातन्त्रलाई बलियो बनाउँछ भन्ने कुरामा सरकार पूर्ण रुपले सचेत र विश्वस्त रहेको उल्लेख गर्नुभयो ।