२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

दाङमा ज्वरोका बिरामी बढे, विद्यालयहरु हुन थाले बन्द



अ+ अ-

तुलसीपुर । दाङमा भाइरल ज्वरोका बिरामी ह्वात्तै बढेका छन् । भाइरल ज्वरोका कारण विद्यालयको पठनपाठन प्रभावित बनेको छ । घोराहीभित्रका निजी विद्यालय चार दिनका लागि बन्द गरिएका छन् । मङ्गलबारदेखि शुक्रबारसम्म घोराहीका निजी विद्यालय बन्द गर्ने निर्णय गरिएको छ ।

यसैगरी तुलसीपुरमा समेत भाइरल ज्वरोका बिरामी बढेका छन् । दाङको तुलसीपुर–४ रक्षाचौरस्थित गुरुजजुर माविमा दिनहुँ विद्यार्थी बिरामी हुन थालेका छन् । विद्यालयका सहायक प्रधानाध्यापक प्रमोद न्यौपानेका अनुसार दैनिक १० भन्दा बढी विद्यार्थी भाइरल ज्वरोबाट प्रभावित बन्न थालेका छन् ।

“दैनिक विद्यार्थी भाइरलको सङ्क्रमणले थला पर्ने गरेका छन्”, उहाँले भन्नुभयो । ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्नेजस्ता समस्या देखिन थालेको उहाँले बताउनुभयो । तुलसीपुरस्थित ग्रेट अरनिको माविमा अध्ययनरत विद्यालयका विद्यार्थीहरूमा पनि त्यस्तै समस्या देखिन थालेको छ । स्कुलका प्रिन्सिपल विष्णुकुमार देवकोटाका अनुसार बिरामीकै कारण दैनिक चार–पाँच विद्यार्थी विद्यालयमा अनुपस्थित हुने गरेका छन् ।

तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रवद्र्धन शाखाका सिनियर अहेब विष्णु गिरीका अनुसार स्वास्थ्य संस्थामा आउने ५० प्रतिशत बिरामी भाइरल ज्वरोका रहेका छन् । “उपमहानगरपालिका भित्रका हरेक स्वास्थ्य संस्थामा ज्वरोका बिरामी भर्ना हुन थालेका छन्”, उहाँले भन्नुभयो । बिरामी बढ्न थालेपछि अहिले अभिभावकलाई विद्यार्थीलाई उपचार गराएर मात्र विद्यालय पठाउन आग्रह गरिएको उहाँले बताउनुभयो ।