१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

मानव संसाधन विकासमा जापानको ३५ करोड सहयोग



अ+ अ-

काठमाडौँ । नेपालको मानव संसाधन क्षेत्रको विकासका लागि जापान सरकारले रु ३५ करोड १५ लाख ४८ हजार ६७५ (३७ करोड ६० लाख जापानी येन) बराबरको सहयोग उपलब्ध गराउने भएको छ ।

अर्थ मन्त्रालयमा आज आयोजित कार्यक्रममा अर्थसचिव मधुकुमार मरासिनी र यहाँस्थित जापानी दूतावासका चार्ज डि अफेयर्स तामुरा ताकाहिरोले सहयोगसम्बन्धी सम्झौतापत्र आदानप्रदान गर्नुभयो । द्विपक्षीय सहयोग सम्झौतामा भने अर्थमन्त्रालयका सहसचिव ईश्वरीप्रसाद अर्याल र जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)का प्रतिनिधि तानाका तोमोकोले हस्ताक्षर गर्नुभयो ।

जापान सरकारले मानव संसाधनको विकासमा चरणबद्ध रुपमा छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ । सो कार्यक्रम अन्तर्गत २० जनाले स्नातकोत्तर र दुई जनाले विद्यावारिधि कार्यक्रमका लागि छात्रवृत्ति पाउने छन् । विश्वविद्यालयको खर्च, आवास खर्च, बीमालगायतमा खर्च गर्ने गरी सहयोग उपलब्ध भएको हो । स्नातकोत्तर कार्यक्रम दुई वर्षको र विद्यावारिधि तीन वर्षको हुनेछ ।

कर्मचारीले पाउने उक्त छात्रवृत्तिले प्रभावकारी रुपमा नागरिकको सेवा गर्ने भावनाको विकास गर्ने विश्वास लिइएको छ ।