१९ आश्विन २०८१, शनिबार
,
Latest
हुम्लाबाट नेपालगञ्ज जादैँ गरेको बोलेरो जीप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु युक्रेनको नयाँ गाउँ कब्जा गरेको रूसको दाबी कोदो उत्पादक किसानलाई प्रोत्साहन बाढी र पहिरोले पनौतीलाई दिएको पीडा- फोटो फिचर ‘आँटेको पुर्‍याइदेऊ रेशम बागलुङ कालिका…’ उपनिर्वाचन र २०८४ मा माओवादी केन्द्र एक्लै प्रतिष्पर्धामा जान्छः प्रचण्ड तनहुँमा छ महिनामा चार अजिङ्गरको उद्धार नाइजेरियामा दश हजारभन्दा बढीमा हैजा सङ्क्रमण, तीन सयभन्दा बढीको मृत्यु काठमाडौँबाट लमजुङ जाँदै गरेको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच घाइते मदिराले मातेका बाबुले हँसिया प्रहार गर्दा छोराको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले गरेका गलत गतिविधिको खबरदारी गर्न खेलकुद महासंघले विरोधसभा गर्ने



अ+ अ-

काठमाडौं । सरकारले गरेका गलत गतिविधिमा खवरदारी गर्न नेपाल खेलकुद महासंघले बिरोधसभा गर्ने भएको छ । नेपाल खेलकुद महासंघद्धारा सोमबार आयोजित विशेष वैठकमा नेपाल खेलकुद महासंघका केन्द्रिय अध्यक्ष परशुराम बस्नेतले यहि साउन १६ गते सरकारले गरेको मुल्यबृद्धिको विरोध, अनियमितता, भष्ट्राचार लगायतका बिषयमा खवरदारी गर्न बिरोधसभाको आयोजना गरिएको बताउनुभयो ।

काठमाडौंको बसन्तपुरमा हुने विरोधसभामा लाखौको सहभागिता हुने उहाँले बताउनुभयो । महासंघका सह ईन्चार्ज रमेश पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न सो बैठकमा बजेट निमार्णमा सरकारले बाहिरका व्यक्तिलाई समावेश गर्नु, नागरिकता विधेयकमा भएको मनमरीको बिरोध गरिने बताईएको छ । कार्यक्रममा सह ईन्चार्ज रमेश पौडेलले वर्तमान सरकारले खेलकुद क्षेत्रलाई वेवास्ता गरेको बताउनुभयो ।

नेपाल खेलकुद महासंघको विशेष बैठक उपलब्ध स्थायी कमिटी सदस्य,सचिवालय सदस्य,आयोगका पदाधिकारीहरु, खेल संघका प्रमुखहरु, उपत्यका विशेष प्रदेश एवं बागमती प्रदेशका पदाधिकारीहरु,काठमाडौं,भक्तपुर,ललितपुरका अध्यक्ष लगायत उपस्थितिमा रहेको थियो ।

महासंघले सरकारले गरेको मूल्यवृद्धि,राष्ट्रघात,अनयमितता लगायत सम्पूर्ण गलत क्रियाकलाप विरुद्धको विरोध कार्यक्रममा महासंघको भुमिका एवं वृहत उपस्थिति ,महासंघका सांगठनिक कामलाई थप गतिशील बनाउदै लग्ने साथै नेकोसका सम्पूर्ण तह तप्काका कमिटीहरुलाई थप चलायमान बनाउदै लग्ने लगायत विषय वस्तुमा छ्लफल भएको थियो ।