• ३२ जेष्ठ २०८१, शुक्रबार
  •      Fri Jun 14 2024
  •   Unicode
Logo
Latest
★   भारतीय पर्यटकहरुलाई नेपालमा डाँकाको जस्तो व्यवहार गरियो: सांसद राणा ★   सांसद् बजगाईंको प्रस्तावः संसद् भवनमा मदिरा बार राखौँ ★   ‘देशमा केही भएको छैन, केही हुँदैन’ भन्ने भाष्य गलत सावित भएको छ: प्रधानमन्त्री ★   कुवेत आगलागीमा ज्यान गुमाएका ४५ जनाको शव भारत ल्याईयो ★   ग्लोबल आइएमई बैंकका ग्राहकलाई होटेल आइकावा इनमा १५ प्रतिशत छुट ★   सूचना प्रविधि दशकअघि बढाउन भारतीय सहयोग महत्वपूर्ण हुने: मन्त्री शर्मा ★   साउथ अफ्रिकासँग भिड्न पसिना बगाउँदै क्रिकेट टोली – फोटोफिचर ★   खडेरीले बारीमै कोदो सुकेपछि किसान चिन्तित ★   सरकारले ढिला नगरी पर्यटनसम्बन्धि ऐन संशोधन गर्नुपर्छ: एमाले सचेतक बराल ★   साढे दुई कट्ठामा १४ क्विन्टल धान उत्पादन

एकैदिन ६३८ जनामा कोरोना संक्रमण, २ को निधन



काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ६३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पाँच हजार ५५ परीक्षणमा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

दुई हजार २१५ पीसीआर परीक्षणमा ४०० र दुई हजार ८४० एन्टिजेन परीक्षणमा २३८ जना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा २१८ जना कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन् भने देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या तीन हजार ७१४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ ।