२७ भाद्र २०८३, शनिबार
,
Latest
नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै कालिका नगरपालिकाबाट ‘स्मार्ट कार्ड लाइसेन्स’ वितरण सुरु, भरतपुरसम्म आउनुपर्ने बाध्यता अन्त्य आज विश्व प्राथमिक उपचार दिवस जङ्गलमा भरुवा बन्दुक भेटिए, लागुपदार्थसहित महिला पक्राउ पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन अघि बढाउँदै महानगर शहरको भान्सामा पुग्छ भोजपुरको ‘अकबरे खुर्सानी’ बाढीपीडितका लागि बाँकेका विद्यालय र अस्पतालबाट एक करोड २५ लाख सहयोग एसीसी प्रिमियर कप फाइनल: युएईविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल बाँदर-बँदेल रोक्न दिनमा हेरालु, रातमा काँडेतार आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा चौध हजारभन्दा बढीमा कोरोना सङ्क्रमण



फाईल फोटो
अ+ अ-

नयाँदिल्ली । भारतमा बितेका २४ घण्टामा देशका विभिन्न भागमा १४ हजार आठ सय ३० जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार जनाएको छ ।

हिजो १६ हजार ८ सय ६६ जना सङ्क्रमित भएका थिए । हाल भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या करिब चार करोड ३९ लाख पुगेको छ । हाल यहाँ एक लाख ४७ हजार पाँच सय १२ सक्रिय सङ्क्रमित छन् । सोही अवधिमा १८ हजार एक सय ३९ सङ्क्रमणमुक्त भएका छन् । योसँगै कोरोना सङ्क्रमणमुक्त भएकाको सङ्ख्या चार करोड ३२ लाख ५० हजार पाँच भन्दा बढी पुगेको छ ।

मन्त्रालयले जारी गरेको पछिल्लो विवरणअनुसार कोरोना सङ्क्रमणबाट ३६ जनाको मृत्यु भएको छ । यसैसँगै कोरोनाबाट पाँच लाख २७ हजार ८ जनाको मृत्यु भएको छ । महामारी शुरु भएयता ८६ करोड ९० लाखभन्दा बढीको परीक्षण गरिएको छ । सन् २०२१ को जनवरी १६ देखि देशभर कोभिड–१९ विरुद्ध खोप अभियान जारी छ । सोहीक्रममा हालसम्म दुई अर्ब ९१ लाख मात्राभन्दा बढी खोप लगाइएको छ ।